‘कमेडी च्याम्पियन २’का प्रतिस्पर्धी भरतमणिलाई भोट गर्न नेता भट्टराईको अपिल
काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्व पर्यटनमन्त्री योगेश भट्टराईले ‘कमेडी च्याम्पियन २’का प्रतिस्पर्धी भरतमणि पौडेलका लागि भोट गर्न अपिल गरेका छन ।
उत्कृष्ट पाँचमा पुग्नका लागि भट्टराईले आफ्नै जिल्ला ताप्लेजुङका भारतमणिका लागि भोट गर्न आपिल गरेका हुन ।
भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन, ‘अहिले चर्चामा रहेको कमेडी रियालिटी शो कमेडी च्याम्पियन २ का प्रतिस्पर्धीहरू सबै अब्बल छन् । त्यसमध्ये पनि भरतमणि पौडेल मलाई हाँस्य ब्यङ्ग्य क्षेत्रको उदाउँदो मणी जस्तो लाग्छ ।’
भट्टराईले जिल्लाका विभिन्न क्षेत्रका प्रतिभा तथा कलाकारहरुलाई प्रोत्साहन गर्ने विभिन्न कार्यक्रम पुरस्कार र अक्षय कोषसमेत स्थापना गर्दै आएका छन । पौडेललाई गृह जिल्ला ताप्लेजुङका सांसद् तथा पूर्व मन्त्री योगेश भट्टराईको अग्रसरता र संयोजनमा पुरस्कार घोषणा समेत गरिएको थियो । भट्टराईले यसअघि पौडेललाई ६ लाख रुपैयाँ पुरस्कारको समेत घोषणा गरेका छन ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस