• शनिबार ४-१६-२०७८/Saturday 07-31-2021
अर्थ

कम्पोस्ट मल उत्पादन र अनुभव

काठमाडौं । कोभिड–१९ ले अस्तव्यस्त बनाएको परिस्थितिमा हामी सबै घरभित्रै बस्न बाध्य छौँ । यसै समयमा मानिसहरूलाई कसरी समय काट्ने भन्ने चिन्ताले सताइरहेको छ । यसैबीच मानिसहरूमा कौशी खेती गर्ने जोश जाँगर पनिबढेको छ । कसरी कौशी खेती गर्न सकिन्छ । यसका लागि के के गर्नु पर्छ । कसरी कम्पोस्ट मल उत्पादन गर्ने। कसरी कौशी खेतीलाई सहज रूपमा प्रयोग गरेर तरकारी तथा फलफूल फलाउन सकिन्छ त भन्ने विषयमा बर्षौंदेखि कौशी खेती गर्दै आएकी  कृषि विज्ञ सानु माया मर्हजनले यसबारेमा आफ्ना अनुभव फ्रेसन्यूज नेपालसंग साटेकी छन ।

 

काठमाडौंको मरुटोलमा वर्षौंदेखि घरको कौशीमा  आकाशे पानीको संकलन गरेर मौसम अनुसारका तरकारी तथा फलफूलका उत्पादन गर्दै आइरहेकी छु । यो सहज काम भने होइन । आफैले केही मेहन्त गर्ने हो भने बिसाधी भएका खानेकुरा खानु पर्दैन ।


२०१९ जनवरीबाट आकाशे पानी संकलनलाई थप व्यवस्थित गरी ७३५ वर्गफिटको कौशीबाट लगभग वर्षमा एकलाख लिटर पानी संकलन गर्ने लक्ष्य लिए । तर ८७ हजार लिटर मात्र संकलन गर्न सफल भयौं । 


सुख्खा याममा प्रति हप्ता ५०० लिटर फोहोरपानी (प्रयोग भईसकेको पानी) संकलन गर्ने स्थानको व्यवस्था गरी वर्षको आठ महिना सो पानीको सदुपयोग गरी तरकारी खेती गर्न थाल्यौँ । यसरी पानीको व्यवस्थापन गरेर समस्या टारेको बारे थाहा पाएका मेरा साथीहरु वर्षा याममा पानी पर्ने वित्तिकै मलाई एक पटक सम्झना गर्ने गर्छन । अभावले मलाई सिकाएको यो पहिलो पाठ थियो ।

 

विगत दुईदशक देखि कौशी खेती र कुहिने फोहोरबाट कम्पोस्ट मल उत्पादन गर्दै आएकी छु । बजारमा बिषाधीले भरिएका फलफूल तथा तरकारीहरु  बढे पछि मैले फोहोर व्यवस्थापन पनि हुने मल पनि हुने सोचले यस तर्फ काम गरेकी हु । “घरको कौशीमा थोरै स्पेसमा नै ’कौशी खेति’ गर्न सकिन्छ । पोलिथिन ब्याग, गमला र विभिन्न प्रकारका क्यारेटमा माटो र प्राङ्गगारिक मलले भरेर तरकारी तथा फलफूल सहजै उत्पादन गर्न सकिन्छ ।  तरकारी खेतीका लागि आकाशबाट परेको पानी संकलन गरि त्यसको सदुपयोग गर्न पनि सकिन्छ । समय व्यवस्थापन गर्न सकियो भने आफ्नो घरबाट निस्केको फोहोरलाई आफ्नै तरकारी बारीमा प्रयोग गर्न सकिन्छ।


‘भर्मि कम्पोष्ट मल’ बनाउन माछा, मासु, अमिलो, पिरो र चिल्लो बाहेकको जैविक फोहोरचाहिन्छ । एउटा बाटामा गंड्यौलालाई कुनै पनि कटनको कपडा, जुटको वोरा वा अन्डाको क्रेटको कम्तीमा १ इन्चको ओछ्यान बनाउने, १ के.जी. जैविक फोहोरराख्ने, अनि कम्तिमा ५०० गंड्यौला राख्ने, त्यसको माथिबाट सुती कपडाले छोपी दिने । त्यसपछि गड्यौलाले उत्पादन गर्न थाल्छ मर्भि कम्पोष्ट मल । 


‘भर्मि कम्पोष्ट मल’ बनाउनको लागि कुहिने वस्तुहरूलाई खाल्डोमा हालेर त्यसमाथि गड्यालो छोडिदिएर केही महिनामा सहजै यो मल उत्पादन गर्न सकिन्छ । गंड्यौलाको संख्या अनुसार जैविक फोहार हालिदिएपछि उसले २४ घण्टामा आफ्नो शरिरको वजन बराबरको फोहोरखान थाल्दछ । आहारा दिन थालेको झण्डै तीन महिना पछि मल निकाल्न थाल्छ । यस मलको लागि आफ्नै घरबाट निस्किएका कुहिने वस्तुहरू पनि प्रयोग गर्न सकिन्छ ।

 

सन १९९९ मा शुरु गरेको गड्यौला खेतीमा अहिले मैले क्षमता विस्तार गर्दै ९० के.जी. सम्म अट्ने  सक्ने भाडोमा ६५ वर्ग फिटको आकारमा विस्तार गरेर  आकाशे पानी संकलन गरी निर्वाध रूपमा दैनिक जीवनमा प्रयोग गर्ने गरेकी छु । अहिलेको समयमा जैविक मलबाट कम्पोस्ट मल बनाउन विभिन्न संघ–संस्थाहरु सकारात्मक देखिन्छन । यसरी गरिएको प्रक्रियाले आठ महिनामा एकै पटक झन्डै आठ सय किलो मल उत्पादन गर्न सकिन्छ । 

 

यो प्रक्रिया लोकप्रिय र व्यवहारिक बन्दै गएपछि काठमाडौं महानगरपालिकाले नगरवासीहरुको सुविधाको लागि सहुलियतदरमा यस्ता विनहरु विक्री वितरण गरिरहेको छ । घरको कुनै सानो कुनामा राख्न सकिने भएकोले यो हरेक घरहरुका लागि कौशी खेती उपयुक्त मानिन्छ । यो विनको प्रयोग कसरी गर्ने भन्ने सचित्र सहितको जानकारीमुलक पुस्तक निःशुल्क महानगरले वितरण गरिरहेको छ ।

 

जैविक फोहोर हाल्न थालेको तीन महिना पछिबाट यो विनमा प्रति महिना ४ के.जी. मल उत्पादन हुन्छ । त्यस्तो मल फूलको गमलामा तथा तरकारी बारीमा निर्वाध प्रयोग गर्न सकिन्छ । भर्मि कम्पोष्ट मल बनाउन थाले देखि जैबिक फोहोर मेरो लागि फोहोर नभएर मलिलो मलको स्रोत वस्तु हुनपुग्यो। अनि जहाँ जैबिक फोहोरदेखे पनि संकलन गर्ने प्रणालीको शुरुवात गर्न थाले। शुरु शुरुमा मल बनाउन जैविक फोहोरल्याउन समस्या थियो । फोहोरसंकलन गरी घरमा ल्याउन निकै असहज महशुस हुन्थ्यो । तर आजभोलि प्रणाली विकास गरेपछि सजिलो लाग्न थालेको छ।

 

मलाई काम लाग्ने जैविक फोहोरदेखेँ भने त्यसको व्यवस्थापनको सोच आउन थालिहाल्छ । शुरुका दिनहरुमा कालीमाटी तरकारी बजारबाट ल्याउने व्यवस्था मिलाएको थिए । अब नजिकको तरकारी पसल, फलफुल पसल र बेकरी पसलबाट फोहोरल्याउने व्यवस्था मिलाएकी छु । वर्ष भरीको लागि झण्डै मलाई १० टन गल्ने फोहोर चाहिन्छ र त्यो फोहोर दैनिक संकलन गरी घर ल्याउने व्यवस्था मिलाएको छु । उक्त कार्यको लागी श्रीमान् र छोराको समेत मलाई सहयोग छ । 


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार