कविता : 'म' पागल

साच्चै 'म' पागल हु,
मेरो नाम महावीर पुन हो,
म सधै पागलपनामै रमाउछु,
त्यसैले मेरो नाम पागल हो ।
म सबैलाई न्याय गर्न सक्दिनँ,
म सम्पन्नतालाई टेर्दिन,
मात्र आवश्यकतामा परेकालाई बुझ्दछु,
त्यसैले मेरो नाम पागल हो ।।
म पागल भएरै संसार डुलिरहन्छु,
कहिले देश भित्र बरालिरहन्छु,
कहिले देश बाहिर बरालिरहन्छु,
त्यसैले मेरो नाम पागल हो ।।।
मलाई निन्द्रा लाग्दैन,
मलाई चाडपर्व लाग्दैन,
मलाई घरको याद आउदैन,
त्यसैले मेरो नाम पागल हो ।।।।
मलाई दिनरात फरक लाग्दैन,
मलाई शुक्रबार शनिबार थाहा हुँदैन,
मलाई ठन्डि (चिसो) गर्मी थाहा हुँदैन,
त्यसैले मेरो नाम पागल हो ।।।
मेरो कुनै घर सम्पत्ति छैन,
मेरो कुनै निश्चित पेशा छैन,
मेरा कुनै बान्धव छैनन्,
त्यसैले मेरो नाम पागल हो ।।
मेरो कोहि अभिभावक छैन,
मेरो कुनै तलब भत्ता छैन,
मेरा कोहि सहयोगी छैनन्,
त्यसैले मेरो नाम पागल हो ।।।
म मागेरै खाइरहेको छु,
म नजानेरै अघि बढिरहेको छु,
म गर्नु नगर्नु सबै गरिरहेकै छु,
त्यसैले मेरो नाम पागल हो ।।
प्रतिकृया दिनुहोस