• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
अर्थ

उद्योग व्यवसाय सञ्चालन गर्न आवश्यक वातावरण बनाउन नाडाको सरकारसँग आग्रह

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसियशन अफ नेपालले उद्योग व्यवसाय चल्न दिन सरकारसँग आग्रह गरेको छ ।

 

नाडाले सरकारले यथासक्य चाँडो जनतालाई कोभिडविरुद्धको खोपको व्यवस्था गरी संक्रमणबाट बच्ने अन्य सुरक्षात्मक उपायहरूको  पालन गराउँदै उद्योग व्यवसाय सञ्चालन गर्ने वातावरण बनाउनुपर्ने जनाएको छ ।

 

 निषेधाज्ञाका कारण जनता स्वयं नै आफनो दुःख, पीडा र अभावमा परी बाध्य भएर सडकमा आउने संभावना प्रवल हुँदै गएको र यस्तो संभावित समस्यालाई सरकारले यथोचित सम्बोधन नगर्दा समस्या अरु भयावह हुने नाडाको भनाई छ ।

 

कोरोना संक्रमणको स्थितिलाई दृष्टिगत गर्दै निषेधाज्ञालाई क्रमशः खुकुलो बनाउँदै लैजान नाडाले सरकार संग आग्रह गरेको छ ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार