• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
मनोरञ्जन

बोल्ड दृश्यले भरिएको राम गोपाल बर्माको लेस्बियन क्राइम फिल्म 'डेन्जरस' को ट्रेलर रिलिज (ट्रेलर सहित)

मुम्बई। निर्देशक राम गोपाल बर्मा आजभोली धेरै बोल्ड फिल्महरु बनाउनमा जुटेका छन्। यी फिल्महरुलाई उनी आफनो प्राइभेट ओटीटी प्लेटफर्ममा प्रदर्शन गर्ने गर्छन। अब रामगोपाल बर्मा भारतको पहिलो समलिङ्गी एक्सन ड्रामा फिल्म लिएर आउँदैछन्। फिल्मको नाम हो 'डेन्जरस'। 

 

फिल्म 'डेन्जरस' को ट्रेलर डिजिटल प्लेटफर्म र नयाँ स्पार्क ओटीए प्लेटफर्ममा आइसकेको छ । फिल्ममा नैना गांगुली र अप्सरा रानीको मुख्य भुमिका रहेको छ भने फिल्मलाई स्पार्क कम्पनीले निमार्ण गरेको छ । 

 

फिल्ममा क्राइमसँग जोडिएका कयौं बिभत्स दृश्यहरु पनि देखाइएको छ। तर फिल्म की दुई नायिका नैना र अप्सरा बोल्ड दृश्यमा नै हरेकको ध्यान केन्द्रीत हुन्छ । दुबै नायिका बिकनीको दृश्यमा यती हट देखिएका छन् कि जो कोही पनि उनीहरुमाथी लालियत हुन्छ। त्यसमाथी फिल्म दुबैले गरेको रोमान्टिक बोल्ड दृश्यले त सीमा नै पारेको गरेको छ । 

 

'डेन्जरस' दुबै महिलाको कथा हो जसले पुरुषसँग केही नराम्रो अनुभव भोगेका हुन्छन्। यसैले पनि यी दुबै एकआपसमा प्रेममा पर्छन । फिल्मको कथा यसरी अघि बढेको छ  कि कति हदसम्म यी दुई महिला आफनो प्रेम बचाउन कुन कुन तरिकाले पुरुषसँग लड्छन् र त्यसलाई एउटा बिस्फोटको चरमउत्कर्षसम्म पुर्‍याउँछन् । 

 

फिल्मको ट्रेलर दुई नायिकाको बोल्ड दृश्यले भरिएको छ। फिल्ममा दुई लेस्बियनबीचको मायाप्रेमलाई भरपुर बोल्ड दृश्यमा देखाईएको छ। जसमा सेक्सलाई भरपुर देखाउन खोजिएको छ। 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार