• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
अर्थ

नेशनल लाइफ इन्स्योरेन्सको सीईओमा सुरेशप्रसाद खत्री नियुक्त

काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कायकारी अधिकृत (सीईओ) मा सुरेशप्रसाद खत्री नियुक्त भएका छन् । नियमनकारी निकाय बीमा समितिले स्वीकृति प्रदान गरेसँगै खत्री नेशनल लाइफको सीईओमा नियुक्त भएका हुन् ।

 

सञ्चालक समितिको बैठकले खत्रीलाई सीईओमा नियुक्त गर्न सिफारिस गरी बीमा समितिसँग सैद्धान्तिक सहमति लिएको थियो ।उक्त सिफारिसलाई स्वीकृति प्रदान गर्दै बीमा समितिले खत्रीलाई सीईओमा नियुक्तिको सहमति प्रदान गरेको हो । 

 

नेशनल लाइफमा गत पुस ५ गतेबाट सीईओ भरतबहादुर बस्नेतको पदावधि सकिएको थियो । त्यसपछि कम्पनीले नायब सीईओ खत्रीलाई कामु सीईओको जिम्मेवारी दिएको थियो ।बैङगलोरबाट एमबीएस गरेका खत्री संग बिमा क्षेत्रको  साढे दुई दशकको कार्य अनुभव रहेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार