• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
अर्थ

निगमले फेरी बढायो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले आइतबार पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा प्रतिलिटर २/२ रुपैयाँ मूल्य बढाएको हो।  

 

नयाँ मुल्य अनुसार अब पेट्रोलको मूल्य लिटरको एक सय २३ रुपैयाँ, डिजेल तथा मट्टितेलको मूल्य लिटरको एक सय ६ रुपैयाँ र हवाइ इन्धनको आन्तरिक उडानतर्फको मूल्य लिटरको ७८ रुपैयाँ कायम भएको निगमका प्रवक्ता विनितमणी उपाध्यायले बताए। 

 

यस्तै एलपी ग्यास र अन्तर्राष्ट्रिय हवाइ उडानको इन्धनको मूल्य यथावत छ। वृद्धि भएको मूल्य आइतबार राती १२ बजेबाट लागु भएको छ । 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार