• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
डबली

फ्रेसन्युजलाई उत्तरोत्ततर प्रगतिको शुभकामना

फ्रेसन्युज नेपाल डट कमले आफ्नो स्थापनाको चार वर्ष पुरा गरेकोमा निकै खुशी लागेको छ । सञ्चार क्षेत्रमा निकै ठूलो फड्को मारेको नेपालमा पछिल्लो एक दशकदेखि अनलाइन सञ्चार माध्यमहरुको विकास पनि ज्यादै नै धेरै भएको छ ।

 

सत्य, चाँडो र गुण्स्तरीय समाचार तथा विचारहरु पाठकहरु माझ पुर्‍याउन सयौँ अनलाइन सञ्चारमाध्यमहरुको एकापसमा प्रतिस्पर्धा भइरहेको छ र यही प्रतिस्पर्धामा होमिएर अघि बढिरहेको शिशु फ्रेसन्युजले जे जति पनि प्रगति गरेको छ, त्यो निकै सह्राहनीय छ ।

 

किशोर नेपाल जस्ता खारिएका विशिष्ट पत्रकारको छत्रछायाँ पाएको यो अनलाइनलाई जोगाएर उँभो डोर्‍याउनमा विभिन्न क्षेत्रका विशेषज्ञहरु सम्मिलित यस अनलाइनका सल्लाहकारहरु र स्तम्भकारहरुको पनि उत्तिकै हात रहेको छ । विशेषतः बहिनी देवी सापकोटाले महिलाले पनि पत्रकारिता जगतलाई ठूलो योगदान गर्न सक्छन् भन्ने कुरा यस अनलाइनको प्रधान सम्पादकको रूपमा प्रमाणित गरेकी छन् भने भाई सुकृत नेपालको निरन्तर खटाई र कुशल सम्पादकत्व तथा सामयिक प्रकाशनमा फ्रेसन्युज फस्टाउन निकै मद्दत मिलेको छ ।

 

म पनि विगत एक वर्षदेखि यस अनलाइनमा प्रत्येक हप्ता निरन्तर लेख लेखिरहेको छु र निकै सन्तुष्ट पनि छु । एउटा लेखकको लागि आफुले लेखेको लेख विना काटछाँट ठिक समयमा प्रकाशित गरिदिने सञ्चार संस्था नै सबैभन्दा उत्तम हुन जान्छ । फ्रेसन्युजको लेखहरु सम्बन्धी मापदण्ड भित्र बसेर लेख पठाएपछि आजसम्म मैले कहिल्यै गुनासो गर्नु परेको छैन । यो अति नै सम्वेदनशील कुरामा धेरै पत्र–पत्रिकाहरु चुकेका छन् ।

 

आज यस फ्रेसन्युजले आफ्नो जन्मको चार वर्ष पुरा गरेकोमा म सम्पुर्ण फ्रेसन्युज परिवारलाई बधाई तथा शुभकामना दिन चाहन्छु र आउँदा दिनहरुमा झनै धेरै प्रगति गर्दै जाओस् भन्ने कामना पनि गर्दछु । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार