• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
मनोरञ्जन

अञ्जु र राजको आवाजमा ‘नौतले दरबार’

काठमाडौं । गायिका अञ्जु पन्त र गायक राज खड्काको आवाज रहेको  ‘नौतले दरबार’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

 

गीतमा शब्द र संगीत दिपक शर्माको रहेको छ। गीतलाई नरेन्द्र वियोगीले संगीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा राज खड्का जुना सुन्दास, मेहश खड्का र अनीसा ओली  फिचर्ड छन् ।  

 

आशुतोष ऐडीले कोरियोग्राफी गरेको भिडियोलाई उज्जवल जोशीले छायांकन तथा सम्पादन गरेका हुन्। छबी लामा तामाङ (शिशिर) को निर्देशन रहेको भिडियोलाई जी टु जी मिडियाको आधिकारिक च्यानल मार्फत सार्वजनिक गरिएको हो।

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार