तपाई मोटाउनु भयो
तपाई मोटाएर मलाई राम्रो भयो
मेरा आँखा कमजोर भएका थिए
चस्मा लगाउनु पर्ने भएको थियो
अब त तपाईलाई देख्न सजिलो भयो
घोप्ट्याएको खड्कुलो भएछ अनुहार
दश हजार लिटरको पानी ट्यांकी भएछ शरीर
राम्रै भयो बुद्धि र खुट्टा पहिलेकै बराबर
घरको ढोका फेर्न परे पनि टोपी र जुत्ता पुरानै सदर
तपाईको यो शरीर अब सडक विभागलाई काम लाग्छ
सडक पिच बलियो बन्यो कि बनेन जाँच्न काम लाग्छ
पुलहरु तर्दा बिचार पुर्याउनु होस्
पुलहरुको क्षमता सिमित हुन्छ भत्काउदै नहिड्नुहोस
सिंगो तपाईसँग सेल्फी लिन नसकिने भएछ
तपाईको कान सँग सेल्फि लिनु कि नाक सँग ?
तपाई सिङ्गैको फोटो क्यामराले लिन नसक्ने भयो
त्यस्तो क्यामरा कहाँ पाइन्छ र किनु को सँग ?
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस