• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
देश/प्रदेश

नयाँ वर्ष २०७८ प्रारम्भ

काठमाडौं । आज विक्रम संवत् २०७८ को पहिलो दिन। नयाँ वर्ष २०७८ साल सुरु भएको अवसरमा स्वदेश र विदेशमा रहेका नेपालीबीच एकापसमा शुभकामना आदानप्रदान गरी आज नयाँ वर्ष ९वैशाख १ गते० गते उत्साह र उमङ्गका साथ मनाइँदैछ। 

 

सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने दिन आज वैशाख सङ्क्रान्तिलाई वर्षको पहिलो दिनका रुपमा लिने गरिन्छ। नयाँ वर्ष २०७८ का अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायत विभिन्न पार्टीका नेताहरुले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, प्रगति एवं समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन्। आजको दिन नयाँ कामको थालनिसमेत गर्ने परम्परा रहेको छ।

 

आज बिहानै देखि विभिन्न नदी, ताल, कुण्ड तथा पोखरीमा गई स्नात गर्ने, घर, कोठा९आँगन सफा गर्ने, मीठोमीठो खाने, साथीसंगी तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना व्यक्त गर्ने गरिन्छ। 

 

आज काठमाडौंको बुढानीलकण्ठ र गोकर्णेश्वर नगरपालिकाको सीमामा पर्ने बाग्द्वार, टोखा चण्डेश्वरी नगरपालिकाको सपनतीर्थ र कीर्तिपुर नगरपालिकाको चम्पादेवीमा विशेष मेला लाग्छ।

 

विक्रमादित्यले चलाएको संवत् भएकाले यो संवत्लाई विक्रम संवत् भनिएको हो। मल्लकालदेखि नेपालमा मौलिक संवत्का रुपमा विक्रम संवत् चलिआएको हो। यो संवत् नेपालमा मात्र मानिने संवत् हो।

 

आज भक्तपुरमा एक साता लामो बिस्केट जात्रा मनाइन्छ। यो जात्रा वैशाख १ गते नै उत्कर्षमा पुग्छ। यसबाहेकका जिल्लामा चैत मसान्तका दिन लिङ्गो ठड्याई वैशाख १ गते ढलाउने गरिन्छ। सिराहामा अवस्थित सलहेस बगैँचामा वर्षमा एक दिन वैशाख १ गते मात्र फुल्ने अचम्मको फूल सलहेसको पूजा र दर्शन गर्न आउने दर्शनार्थीको आज ठूलो भिड लाग्ने गर्दछ।

 

नयाँ वर्षको पहिलो दिन आज देशभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवम् शिक्षण संस्थामा सार्वजनिक बिदा दिइने परम्परा छ। विदेशी कुटनीतिक नियोग तथा विदेशस्थित नेपाली सरकारी कार्यालयहरुमा समेत बिदा दिइन्छ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार