• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
अर्थ

सुन बढ्यो,चाँदी घट्यो

काठमाडौं । आज मंगलबार सुनको मूल्य तोलामा चार सय रुपैयाँले बढेको छ । सुनको मूल्य तोलामा ४०० रुपैयाँले वृद्धि भएर ९२ हजार ८०० रुपैयाँ पुगेको छ । 

 

यस्तै तेजाबी सुन तोलामा ४०० रुपैयाँले उकालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

 

तोलामा ९१ हजार ९०० रुपैयाँमा सोमबार कारोबार भएको तेजाबी सुन मंगलबार भने तोलामा ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

आज चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँले घटेको छ । चाँदीमा एक हजार २५५ रुपैयाँ मूल्य निर्धारण भएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार