• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
देश/प्रदेश

राज्य संयन्त्रको दुरुपयोग विरुद्ध बालुवाटारमा प्रदर्शन, २६ अधिकारकर्मी पक्राउ

काठमाडौं । ओली सरकारद्वारा अदालतलाई प्रभाव पार्न गरिएको दुष्प्रयास विरुद्ध, राज्य संयन्त्रको दुरुपयोग विरुद्ध, प्रधानमन्त्री,मन्त्रीहरुको आपत्तिजनक अभिव्यक्ति र किर्तेतन्त्र विरुद्ध मानव अधिकार तथा शान्ति समाजले माघ १२ गते दिउँसो प्रधानमन्त्री निवास वालुवाटार अगाडि प्रदर्शन गरेको छ । 

 

प्रदर्शनबाट प्रहरीले समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति उत्तम पुडासैनी, संस्थापक सदस्य कृष्ण कँडेल, सचिव बलबहादुर गाहा मगर, कोषाध्यक्ष रामकृष्ण बराल, केन्द्रीय सदस्य नम्रता खरेल, ललितपुर शाखा सभापति चन्द्रमणी बञ्जारा, काठमाडौं शाखा सभापति जगन्नाथ पुडासैनी,अधिकारकर्मीहरु रामचन्द्र खतिवडा, सुरज बोहरा, ईश्वर पुडासैनी, रमेश बराल, पुरुषोत्तम घिमिरे, उमा गौतम, माया भट्टराई, लक्ष्मी राना,सानु लामा,आर एस महतो, डिकम्बर राणा, भगवान पुडासैनी, किरण ढकाल, रोज विष्ट, किङकङ राई, संजोग राई, मोहीणीप्रसाद आचार्य सहित २६ जनालाई  पक्राउ गरेको छ ।

 

विरोध प्रदर्शनका क्रममा सहभागिहरुले प्रम ओलीलाई आपत्तिजनक अभिव्यक्ति दिन बन्द गर,ओली सरकार किर्तेतन्त्र बन्द गर,अदालतलाई प्रभाव पार्न गरिएको दुष्प्रयास बन्द गर, राज्य संयन्त्रको दुरुपयोग बन्द गर लेखिएका प्लेकार्डहरु प्रदर्शन गरेका थिए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार