• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
अर्थ

पेट्रोल, डिजेल र मट्टीतेल प्रतिलिटर २ रुपैयाँले महँगियो

काठमाडौं । नेपाल आयल निगमले फेरी इन्धनको मूल्य बढाएको छ। निगमले दुई रुपैयाँका दरले इन्धनको मूल्य बढेको हो । पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँ बढेको निगमले जनाएको छ । 

 

सोमबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोल प्रतिलिटर ११० रुपैयाँ तथा डिजेल र मट्टीतेल प्रतिलिटर ९३ रुपैयाँ कायम भएको छ। एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् छ। 

 

डेढ महिनाको अन्तरालमा इन्डियन आयल निगम (आईओसी) ले पठाएको मूल्य सूचीअनुसार सबै प्रकारका इन्धनमा ७(७ रुपैयाँ महँगो र एलपी ग्यास १९ रुपैयाँ महँगो भइसकेको छ । यसै कारणले मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार