• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
देश/प्रदेश

पूर्व मुख्यसचिव रेग्मी बेलायतको राजदूतमा नियुक्त

काठमाडौं । पूर्व मुख्यसचिव लोकदर्शन रेग्मी बेलायतका लागि नेपाली राजदूतमा नियुक्त भएका छन् । 

 

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रेग्मीलाई राजदूतमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

 

रेग्मीले गत असोजमा मुख्यसचिव पदबाट राजीनामा दिएका थिए । रेग्मीलाई सरकारले उनले राजीनामा गरेकै दिन बेलायतका लागि राजदूत सिफारिस गरेको थियो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार