• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
मनोरञ्जन

नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव मंसिर १०–१५ सम्म

काठमाडौं । यही मंसिर १० देखि १५ गते सम्म नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आयोजना हुने भएको छ ।   

 

८औं संस्करणको  महोत्सव भर्चुअल माध्यमबाट आयोजना हुँदैछ भने महोत्सवमा कुल २९ देशका ५२ चलचित्रहरु प्रदर्शन गरिनेछ । महोत्सवमा फिचर फिल्म, वृत्तचित्र, लघु फिल्म, एनिमेटेड लगायतका विधाका चलचित्रहरु समेटिएका छन् ।

 

महोत्सवका चलचित्रहरु 'चलचित्र टिभी' एप बाट हेर्न सकिनेछ । त्यस्तै महोत्सवमा चलचित्रकर्मीहरु बीच विभिन्न बिषयमा अन्तरक्रिया कार्यक्रमहरु पनि संचालन हुनेछन् । कार्यक्रमहरुमा जुम एप बाट संचालन गरिनेछ ।
 

त्यस्तै महोत्सवमा चलचित्रका निर्देशक तथा कलाकारहरुसँग 'एसियाली चलचित्रहरुमा महिला : उपयुक्त चित्रण र सहभागिता', 'नेपाली चलचित्रमा युवा : हामी के हेर्न चाहन्छौ', 'सिमान्तिकृतको सवाल : चलचित्रको भूमिका' बिषयमा छलफल कार्यक्रम संचालन हुनेछ ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार