• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
अर्थ

माघ २ सम्म लम्बियो सुपथ मूल्य पसल 

काठमाडौं । सरकारी स्वामित्वमा सञ्चालित दशैं तिहार लक्षित सहुलियत मूल्य पसल आगामी माघ २ गतेसम्म सञ्चालन गर्ने भएको छ ।

 

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ग्राहक उपभोक्ताको सेवा सुविधालाई ध्यानमा राखी सुपथ मूल्य पसल माघ २ गते लम्ब्याउने भएको हो । सरकारले खाद्य कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेसन र दुग्ध विकास संस्थानलाई गत असोज १५ देखि मङ्सिर ७ गतेसम्म सहुलियत मूल्यमा उक्त पसल सञ्चालनको अनुमति दिएको थियो । 

 

सरकारले दिएका समयमा कम्पनीको लक्ष्यानुसार सामग्री बिक्री नभएपनि कोरोना महामारीका समयमा खाद्य वस्तु अभाव हुन नदिन सहुलियत मुल्यका पसल सञ्चालनको अवधि थप गरिएको कम्पनीले जनाएको छ । 

 

कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेका अनुसार सरकारले तोकेको सहुलियत मूल्यमा नै माघ २ सम्म २९ वटै बिक्री केन्द्रबाट सहुलियत मूल्य पसल सञ्चालन हुनेछ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार