• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
मनोरञ्जन

किम कादार्शिया जसलाई सेक्स टेपले थप चर्चित बनायो

काठमाडौं । किम कादार्शिया अमेरिकाको चर्चित रियालिटी शो स्टार हुन् । उनी मोडलिङ, ब्यापार र सामाजिक काममा सक्रिय छिन् । किमको पुरै परिवार सेलीब्रेटी हुन् । एउटा सर्वेक्षणले किमको परिवारलाई अमेरिकाको ‘पावरफूल’परिवारको रुपमा उल्लेख गरेको थियो ।

 

किमका बुबा रोबर्ट कादार्शिया अमेरिकाका प्रतिष्ठित वकिल हुन् भने आमा क्रिस पनि चलेकी सेलीब्रेटी हुन् । यति हुँदा हुँदै पनि किम विवादमुक्त भने हुन सकिनन् । सन २००७ मा गायक रे जेको साथ किमको सेक्सटेप सार्वजनिक भयो । उक्त टेप सार्वजनिक भएपछि किमको परिवार फेरि एकपटक चर्चामा आयो तर, पनि उनको करिअरमा नकारात्मक असर परेन । सोही वर्ष उनले प्लेब्वाई पत्रिकाको लागि न्युड तस्विर खिचाएकी थिइन् ।

 

किम अमेरिकामा सबै भन्दा धेरै पारिश्रमिक लिने टिभीस्टार मानिन्छिन् । उनले एउटा किताब पनि लेखेकी छिन् । उनले सन २०१४ मा फेशन डिजाइनर कान्या वेस्टसंग विवाह गरेकी थिइन् । उनको कान्यासंग तेस्रो विवाह भएको थियो । राजधानी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार