• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
देश/प्रदेश

भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउन सिफारिस गरेका वडाध्यक्ष पक्राउ,नक्कली बुवा बन्ने चौधरी फरार

धनगढी । धनगढीमा भारतीय नागरिकलाई वंशजका आधारमा नेपाली नागरिकता दिलाउन सिफारिस गर्ने वडाध्यक्ष पक्राउ परेका छन् ।

 

धनगढी उपमहानगरपालिका–१२ का अध्यक्ष गणेशप्रसाद जोशीलाई प्रहरीले पक्राउ गरेको छ । हिम्मतपुर शिविरका पुनिराम चौधरी  २०७५ सालमा नक्कली बुवा बनेको सिफारिस  भेटिएपछि जोशीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

 

चौधरीले नक्कली बुवा बनेर भारतका अलियास अन्सारीलाई नागरिकता दिलाउन वडा कार्यालयबाट सिफारिस बनाएका थिए । अन्सारी टीकापुर नगरपालिका– ७ मा बस्दै आएका छन् । नक्कली बुवा बन्ने चौधरी फरार छन् । प्रहरीले नक्कली बुवा बन्ने चौधरीका   दाजु खुशीराम चौधरीलाई पक्राउगरेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार