• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
मनोरञ्जन

यसवर्ष ‘सिस्नुपानी देउसी’ कार्यक्रम नहुने

काठमाडौं । कोरोना महामारीको कारण यसवर्ष ‘सिस्नुपानी देउसी’ कार्यक्रम नहुने भएको छ ।

 

सिस्नुपानी नेपालका महासचिव टंकराज आचार्यले विज्ञप्ति जारी गर्दै कोरोना भाइरसका कारण उत्पन्न असहज परिस्थितिका कारण २३ वर्षदेखि लगातार प्रस्तुत हुँदै आएको कार्यक्रम यसवर्ष स्थगित भएको जानकारी दिए । 

 

संस्थाका अध्यक्ष लक्ष्मण गाम्नागे र उपाध्यक्ष मनोज गजुरेल परिवारका सदस्यहरू सहित कोरोना संक्रमित भई उपचाररत अवस्थामा रहेको पनि विज्ञप्ति मार्फत जानकारी दिइएको छ। 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार