• मंगलबार १२-६-२०८०/Tuesday 03-19-2024
देश/प्रदेश

नेबिसंघ महामन्त्री बैधेले काठमाडौं महानगरबासीलाई ३ लाख ५० हजार निशुल्क मास्क बितरण गर्ने

काठमाडौं । नेबिसंघ केन्द्रिय महामन्त्री मनोज बैधेले काठमाडौं महानगरबासीको लागी  ३ लाख ५० हजार मास्क निशुल्क बितरण गर्ने भएका छन् । 

 

असोज १६ गते मास्क बितरण गर्ने कार्यक्रम रहेको नेपाल तरुण दल काठमाडौं जिल्ला सचिव दिनेश बिक्रम शाह जानकारी दिए । कार्यक्रमा २ हजार २० पीस सर्जिकल मास्क आफुले पनि सहयोग गरेको सचिव शाहले बताए । 

 

 

अहिले काठमाडौं बसोबास गर्नेहरु पनि  एउटा माक्स पाउनबाट बन्चित छ्न। सोही उदेश्यले उनीहरुसम्म मास्क  पुगोस भनेर मास्क  बितरण गर्न लागेको महामन्त्री बैधेले बताए ।

 

राज्यले केही नगरेको बेला महानगरको जनतालाई सुरक्षित राख्ने उदेश्यले सुरु गर्न लागेको यस्तो अभियानमा जोडिन पाउँदा आफुलाई खुशी लागेको तरुण दलका सचिव शाहले जानकारी दिए।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार