• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
देश/प्रदेश

अयोध्या धाम निर्माणका लागि माडी नगरपालिकाले छुट्यायो १०० बिघा जग्गा

माडी ।  चितवनको माडी नगरपालिकाले अयोध्या धाम निर्माणका लागि जग्गा छुट्याएको छ ।

 

 मङ्गलबार बसेको कार्यपालिका बैठकले अयोध्याधाम निर्माणका लागि जमिनको टुङ्गो लगाउँदै १०० बिघा जग्गा छुट्याएको हो ।

 

 नगरप्रमुख ठाकुरप्रसाद ढकालले वडा नं ८ र ९ सिमानामा अयोध्यापुरीधाम निर्माणका लागि हालको अयोध्यापुरी उद्यानको १०० बिघा जग्गा छुट्याइएको जानकारी दिए ।

 

प्रधानमन्त्रीको निर्देशनबमोजिम नगरपालिकाले अयोध्याधाम निर्माणका लागि सहजीकरण र व्यवस्थापनको काम निरन्तर गरिरहेको  ढकालको भनाइ छ  । 
काम तीव्रताका साथ अघि बढाउन सरकारले बजेटको व्यवस्था गर्नुपर्ने उने बताए ।

 

प्रधानमन्त्री केपी शर्मा ओलीले भानुजयन्तीको अवसरमा आयोजित कार्यक्रममा भगवान् राम नेपालकै माडीको अयोध्यामा जन्मिएको तथ्य प्रमाण रहेको भनेपछि यस विषयले राष्ट्रिय र अन्तर्राष्ट्रियरूपमा चर्चा पाएको थियो ।

 

 माडीका जनप्रतिनिधिलाई भेटेर प्रधानमन्त्री ओलीले अयोध्याधामको निर्माण थाल्न निर्देशन समेत दिएका थिए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार