• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
डबली

भोजपुरी कथाहरू नेपाली अनुवाद पुस्तक ‘प्रज्ञा भोजपुरी कथा’ प्रकाशित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले भोजपुरी कथाहरू नेपालीमा अनुवाद गरिएको पुस्तक ‘प्रज्ञा भोजपुरी कथा’ प्रकाशनमा ल्याएको छ ।  

 

भोजपुरी भाषामा लेखिएका कथासंग्रहमा १४ कथाको नेपाली अनुवाद गरिएको छ । ‘प्रज्ञा भोजपुरी कथा’को अनुवाद साहित्यकार गोपाल अश्कले गरेका हुन् भने कृतिको सम्पादन प्रा.डा उषा ठाकुरले गरेकी हुन् । 

 

अनीता साह, आनन्द अस्तित्व, उमाशंकर द्विवेदी, गोपाल अश्क, गोपाल ठाकुर, चन्द्रकिशोर, दिनेश गुप्ता, नीतु अग्रहरि, पूजा, रघुनाथप्रसाद यादव, डा.रामभक्त ठाकुर, डा.विश्वम्भरकुमार शर्मा, वीणा सिन्हा, सञ्जु बाबा मोचीका कथा संग्रहमा कथा समावेश छन् । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार