• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
देश/प्रदेश

कोभिड—१९ को वर्तमान अवस्था : अमेरिकी अनुभव, खतरा अझै टरेको छैन

काठमाडौं । कोरोनाको जोखिम बढेकाले सामाजिक दुरी र व्यक्तिगत स्वच्छतामा बिशेष ध्यान पुर्‍याउन डा.सुदीप खड्काले जोड दिएका छन । 

 

अमेरिकाको जर्जिया राज्यको इन्स्टिच्युट फर बायोमेडिकल साइन्समा कार्यरत मेडिकल केमेस्ट्री एण्ड मोलिकुलर फर्मालोजीमा विद्यावारिधी गरेका जीवाणु बैज्ञानिक डाक्टर सुदीप खड्काले यो भाइरस तत्काल नियान्त्रणमा आउने सम्भावना नरहेकाले सजगता अपनाउनु नै बुद्धीमानी हने बताए ।

 

विपद् पत्रकारिता संजाल, (डिजेएन) ले आयोजना गरेको 'कोभिड-१९ को वर्तमान अवस्था : अमेरिकी अनुभव र नेपाली चिन्ता' विषयक डिजिटल छलफल कार्यक्रममा डा. खडकाले समुदाय स्तरमा पीसीआर परिक्षणलाई व्यापक बनाउन सके संक्रमित पहिचान सहज हुनेमा जोड दिएका थिए । 

 

दुईसय बढी कोरोनाका प्रजाती भएको बताउँदै उनले भने, ‘विगतमा देखिएका पोलियो, इबोला जस्ता स्वास्थ्य समस्यालाई निमिट्यान्न पार्ने ठूलै चुनौतीको सामना विश्वले गर्नुपरेको थियो । यस्ता महामारीले मानव समुदायलाई ठूलो जोखिम हुन्छ । कोरोनाले बृद्धबृद्धा र दीर्घ रोगीलाई थप जोखिम पुग्ने हुँदा यसलाई सामान्य ढंगबाट बुझ्नु गलत हुन्छ’ । महान चाड वडा दशैं नजिकिंदै गर्दा थप जोखिमतर्फ संकेत गर्दै उनले भने, 'टिका आर्शिवाद लिनुस् तर माक्स लगाएर भौतिक दुरीबारे ख्याल गर्नुस ।'

 

कार्यक्रममा मौसम परिर्वतनसंगै संक्रमणको जोखिम बढेको हो भन्ने संचारकर्मीहरुको जिज्ञासालाई प्रष्ट पार्दै उनले जाडोमा संक्रमण फैलन्छ भन्नेमा कुनै सत्यता नभएको तर बन्द कोठामा संक्रमण फैलिन डर बढी हुने हुँदा कोठामा बाहिरी हावाको प्रवाहमा ध्यान दिनुपर्ने बताए ।

 

कोरोना भाइरस कोठामा लामो समयसम्म रहन सक्ने हुँदा होशियारी अपनाउनु जरुरी हुन्छ । त्यस्तै कार्यक्रममा डा.खडकाले गम्भीर लक्षण नदेखिए घर मै आइसोलेशनमा बस्न सुझाव पनि दिए । कोरोनाका दर्जनौ औषधी परिक्षण भइरहेकाले तत्काल औषधी बजारमा आइहाल्छ भन्ने एकिन नभएकाले माक्स लगाउने, समयसमयमा हात धुने, भीडभाडमा नजाने जस्ता व्यवहारलाई दैनिक जीवनमा अपनाउन उनले सुझाव दिए । 

 

यस्तै डब्लुडब्लुजेका अध्यक्ष अमिका राजथलाले कोरोना कहर सुरु भएदेखि नै डिजिटल संवाद गर्दै आएको र आगामी दिनमा अझै प्रभावकारी कार्यक्रमहरु आयोजना गर्दै जाने जनाइन ।

 

देशका बिभिन्न संचार माध्यममा आवद्ध पत्रकारहरु सहभागि रहेको डिजिटल संवादमा बरिष्ठ पत्रकार निर्मला आचार्य, दुर्गा अधिकारी, अक्षेरी पोखरेल, देवी सापकोटाले छलफलमा भाग लिएका थिए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार