• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
देश/प्रदेश

बुढ्यौली साहित्यको प्रबर्द्धन तथा बिकासको लागि एक लाख सहयोग

काठमाडौं । हिजो शनिवार सिस्नोपानी नेपाल र साहित्य संगम मकवानपुरले संयुक्त रूपमा जुमबाट वरिष्ठ हास्यब्यङ्ग्यकार भैरव अर्याललाई स्मरण गर्दै हास्यब्यङ्ग्य गोष्ठिको आयोजना गरेको थियो। साहित्यकार बिजय चालिसेको प्रमुख आतिथ्यमा शुरु गरिएको कार्यक्रममा चौरासीजनाले सहभागिता जनाएका थिए । 

 

कार्यक्रममा हास्यब्यङ्ग्यकार चट्याङ मास्टर (कृष्ण मुरारी गौतम) ले नेपालमा बाल साहित्य ,युवा साहित्य,नारी साहित्य आदिका क्षेत्रमा विभिन्न संस्था खोलेर क्रियाशिल रहेका तर यहि समाजमा रहेका बुढाबुढीबारेको बुढ्यौली साहित्यमा कतैबाट केही चासो नलिएको हुँदा बुढ्यौली साहित्यको प्रबर्द्धन तथा बिकासको लागि हेटौंडाबाट पनि योगदान पुगोस् भनेर व्यंग्यकार आर सी रिजालको खातामा रु एकलाख ट्रान्सफर गरिदिने र कोषको वृद्धिको लागि भविष्यमा थप सहयोग गर्दै जाने प्रतिवद्धता जनाएका थिए।

 

नेपालमा जेष्ठ नागरिकप्रति समर्पित साहित्यिक सिर्जना बुढ्यौली साहित्यलाई हुर्काउने प्रयोजनका लागि चर्चित हास्यब्यङ्ग्यकार तथा समाजसेवी चट्याङ मास्टरले बिगत एक दशकभन्दा बढी समयदेखि जेष्ठ नागरिकको क्षेत्रमा सेवा र पैरवी सँगसँगै बुढ्यौली साहित्यलाई समेत हुर्काउने अभियान सन्चालन गर्दै आएका छन्। उनले जेष्ठ नागरिकको हकहितको लागि पैरवी गर्न सन २०११ देखि गैरसरकारी संस्था 'एजिङ् नेपाल' स्थापना गरेका छन् । 

 

एजिङ नेपाल दिएको योगदानको कदर गर्दै संयुक्त राष्ट्र्सङ्घीय शैक्षिक,बैज्ञानिक तथा सांस्कृतिक सङ्ठन (युनिस्को) ले हालसालै यो संस्थालाई यस बर्षको युनिस्को अन्तर्राष्ट्रिय साक्षरता अवार्ड २०२० बाट सम्मानित पनि गरेको छ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार