• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
मनोरञ्जन

गायक अधिकारीको गीत ‘सम्झेर सानु’ सार्वजनिक

काठमाडौं । गायक सिडी विजय अधिकारीको  गीत ‘सम्झेर सानु’को म्युजिक भिडियो सार्वजनिक भएको छ।

 

दिल खड्काको  शब्द संगीत रहेको  गीतलाई फणिन्द्र राईले संगीत संयोजन गरेका छन् । सेन्टिमेन्टल भर्सनको  गीतमा सुखी जीवन बिताउने सपना देखेर विदेशिएका परदेशीहरुको भावना सुन्न सकिन्छ। 

 

धन कमाएर नेपाल फर्किन्छु भन्दा भन्दै बाध्यतामा परेका परदेशीहरु जो आफ्नो प्रिय मान्छेलाई सम्झिदै बसेका हुन्छन् ती प्रिय मान्छेहरु प्रति यो गीत समर्पित छ।

 

रोशनी कार्की र राज खड्काको म्युजिक भिडियोमा फिर्चड गरिएको छ । बुद्ध थापाले छायांकन गरेको भिडियोलाई बिष्णु खड्काले सम्पादन गरेका हुन्। राज खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो भने जीटुजी मिडियाको अफिसिएल च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो। 

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार