• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
मनोरञ्जन

रहेनन् बलिउडका आवाजका धनी गायक एसपी बालासुब्रमण्यम

मुम्बई । बलिउड तथा साउथ इन्डियन फिल्मका पुराना गायक एसपी बालासुब्रमण्यमको निधन भएको छ ।  

 

शुक्रबार (आज) ७४ वर्षको उमेरमा गायक एसपी बालासुब्रमण्यमको निधन बिभिन्न भारतीय सञ्चार माध्यमहरुले जानकारी दिएका हुन । अगस्ट ४ मा कोरोना संक्रमण पुष्टि भएपछि गायक एसपी बालासुब्रमण्यमलाई अगस्ट ५ मा अस्पताल भर्ना गरिएको थियो । 

 

कोरोनाकै कारण उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि अगस्ट १४ देखि उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । उनको उपचारकै क्रममा पीसीआर परीक्षण गर्दा कोरोना नेगेटिभ रिपोर्ट आएको जनाइएको छ । 

 

फिल्म 'मैने प्यार किया' को 'दिल दिवाना बिन सजना के माने ना', 'आज शाम होने आयी', फिल्म 'एक दुजे के लिए' को 'तेरे मेरे बीच मे कैसा हे ये बन्धन', 'हम बने तुम बने',  फिल्म 'हम आप के है कौन' को 'दिदी तेरा देवर दिवाना', फिल्म 'साजन'को 'बहुत प्यार करते हो र 'जिए तो जिए कैसे' जस्ता लोकप्रिय गीतहरुमा उनले आवाज दिएका थिए ।

 

१९६० को दशकमा गायनमा आफ्नो करियर सुरु गरेका गायक एसपी बालासुब्रमण्यमले १६ भाषामा करिब ४० हजार गीतहरुमा आवाज दिइसकेका छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार