• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
अर्थ

सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौं । सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।  हिजो भन्दा आज ८ सय रुपैयाँले सुन सस्तो भएको छ । निरन्तर बढिरहेको सुनको मूल्य आइतबारबाट सामान्य घट्न थालेको छ ।

आज प्रतितोला १ लाख २ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

यस्तै छापावाल सुन १ लाख १ हजार ६ सयमा कारोवार भइरहेको छ । छापावाल सुन सस्तो बन्दा तेजाबी सुनको मूल्य पनि ८ सय रुपैयाँले नै घटेर तोलाको १ लाख १ हजार १ सय रुपैयाँ कायम भएको छ ।

 

चाँदी आज प्रतितोला १४ सय ३५ रुपैयाँमा किनबेच भइरहेको छ ।

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार