• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
देश/प्रदेश

उपत्यकामा अहिलेसम्मकै सर्वाधिक १ सय ६ जनामा कोरोना पुष्टि ,सतर्क रहन मन्त्रालयको आग्रह

काठमाडौं । उपत्यकामा कोरोना संक्रमितको सख्या आज थप उकालो लागेको छ । 

 

 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा संक्रमितको संख्या १०६ पुगेको हो ।

 

देशभर कोरोना संक्रमण भई मृत्यु हुनेको संख्या पनि बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा देशभरमा ५ जनाले  ज्यान गुमाएका छन ।

 

शुक्रबारको तथ्यांकसहित नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाका सरकारी तथा गैरसरकारी कार्यालयहरूमा हुने गोष्ठी, बैठक, सेमिनार तथा अन्य जमघट तत्काल बन्द गर्न पनि  निर्देशन दिइसकेको छ ।

 

यस्तै मास्क नलगाइ हिँड्नेलाई दण्ड जरिवाना गर्ने, सुरक्षा मापदण्ड उल्लंघन गर्ने व्यक्ति, समूह तथा संस्था जो भए पनि कारवाही गर्ने  गृह मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार