• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
अर्थ

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको १ लाख ३ हजार ५ सय

काठमाडौ । सुनको मूल्य तोलाको १ लाख ३ हजार ५ सय रुपैयाँ पुगेको छ । कोभिड–१९ को महामारीका कारण अन्तरराष्ट्रिय बजारमा अस्थिर रहेको सुनचाँदीको मूल्य स्थानीय बजारमा  अप्रत्याशित रूपमा बढेको छ ।

 

बिहीबार प्रतितोला रु एक लाख दुई हजार ५ सयमा कारोबार भएको सुन आज रु १ हजार १ सयले बढेको छ ।

 

  छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख ३ हजार ५ सय  पुगेको छ भने सोही परिमाणको तेजाबी सुनको मूल्य रु १ लाख तीन हजार निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।


आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस २,०६१.५१ र सोही परिमाणको चाँदीको मूल्य २८.४९ अमेरिकी डलर कायम छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार