• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
देश/प्रदेश

उपत्यकामा कोरोना संक्रमितको सख्या बढेसँगै काठमाडौं प्रवेशमा कडाई

काठमाडौं।  उपत्यकामा कोरोना संक्रमितको सख्या बढेसँगै काठमाडौं उपत्यका भित्रिने नाकाहरुमा चेकजाँचमा कडाई गरिएको छ ।

 

सवारी पास जाँचमा  कडाई गरे  पनि उपत्यका छिर्नेहरुको संख्या बढेको छ । सरकारले लकडाउन केही खुकुलो गरेसँगै विभिन्न नाका हुँदै काठमाडौं छिर्नेहरुको संख्या बढेको हो । उपत्यका प्रवेश पास नभएका सवारी साधनलाई प्रहरीले नाकाबाटै फिर्ता पठाएको छ ।

 

उपत्यका प्रवेश पास नभएका सवारी साधनलाई चेकजाँचका क्रममा प्रहरीले नाकाबाटै फिर्ता पठाएको छ । नाकामै स्वाव संकलन गरेको सरकारले अहिले भने सवारी पास जाँचमा पनि कडाई गरिरहेको छ ।

 

प्रहरीले बुधबार पैदल हिडेर प्रवेश गर्न खोज्ने विना पासका यात्रुलाई फर्काएको छ । पछिल्ला केहि दिनमा  उपत्यकाका कोभिड अस्पतालमा संक्रमितहरुो संख्या बढेको छ । अहिलेसम्म २९२ जना आइसोलेसनमा, आईसीयूमा २४, भेन्टिलेटरमा एकजना  २९२ जना उपचाररत छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार