• मंगलबार १२-६-२०८०/Tuesday 03-19-2024
मनोरञ्जन

'कोरोनाले गाईजात्रालाई बरबाद बनायो' 

विगतका वर्षमा हरेक पटक गर्दै आएको कार्यक्रम अचानक गर्न नपाउँदा शुन्य शुन्य लागेन ? 
यसको कुरा के गर्नु यती खल्लो महशुस भएको छ कि म सँग व्यक्त गर्ने शब्द नै छैन । पहिलाका प्रहसनहरुलाई मैले अवश्य नै याद गरिरहेको छु । गाईजात्रामा आर्थिक रुपमा लाभ लिने भन्दा पनि दर्शकको सम्बन्धले पनि भिन्न किसीमको अनुभूति भएको छ । दर्शकमाझ प्रस्तुति दिने त्यो अवसर यसपाली हामीले गुमायौं । म स्टेजमै बढी रमाउने कलाकार भएको नाताले पनि अझ धेरै मिस गर्दैछु । केही छुटेको जस्तो लाग्दै छ। झन यसपटक त कोरोनाले गाईजात्रलाई बरबाद नै बनायो । 

 

गाईजात्रालाई तपाई कसरी बुझनु हुन्छ ?
यो मुख्य त एउटा इतिहाससँग जोडिएको घटना हो । यसको सांस्कृतिक अर्थ छ ।  राजा प्रताप मल्लले आफ्नी श्रीमतीको मृत्यूको शोक पछि घरघरबाट जात्रा निकाल्न थालियो । गाईको भेष भुषामा बजार परिकर्मा गर्ने, झाकी निकाल्ने परम्परा चल्दैं आयो भने देशमा भएका सामाजिक कुरुती, देशमा भएको बेथितीलाई व्यङग्य गर्न चाँडको रुपमा यसलाई लिइने गरिएको छ ।

 

गाईजात्रासँग जोडेर त्यस्तो कुनै घटना छ ?
धेरै समय अघि सन्तोष पन्त दाईसँग मिलेर प्रज्ञा भवनमा हामीले पनि प्रहसन गर्ने प्रयास गर्‍यौं । त्यतिबेला म सँग दमन रुपाखेती जी पनि हुनुहुन्थ्यो । अथक मेहिनत बावजुद हामीलाई ७ मिनेटको समय दिइयो । तत्कालिन समयमा नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा प्रधानमन्त्री हुनुहुन्थ्यो । उहाँ पनि कार्यक्रम हेर्न आउनु भएको थियो । धेरै प्रयास पछि समय पायौं प्रस्तुति पनि राम्रो भयो । तर त्यसपछिका वर्षहरुमा हामीलाई त्यसबाट हटाइयो । कार्यक्रम खासै गर्न दिइएन । त्यसरी हटाउँदा मनमा अनेकन कुराहरु खेल्न थाले धेरै रिस पनि उठ्यो। त्यतिबेला मलाई यी कुराहरुले एकदमै रुवायो पनि । मलाई आफूलाई सम्हाल्न गाह्रो भएको थियो । मेरो कलाकारिताको क्षेत्रमा प्रवेश गरेपछिको सबै भन्दा दुख क्षण त्यहि नै हो जस्तो लाग्छ। त्यसपछि केही बर्षको अन्तरालमा म नै संयोजक भएर यस्ता धेरै कार्यक्रमहरु गर्‍यौं । दमन रुपाखेती शिवहरी पौडल, दिपकराज गिरी हामी सबैले कार्यक्रम गर्दा स्वर्गीय दिपेन्द्र सरकार पनि हाम्रो कार्यक्रम हेर्न आउनुभएको थियो । सरकारलाई हामीले प्रहसन देखायौं । मैले एउटा क्यासेट पनि उहाँलाई दिए । उहाँले म सुन्छु पनि भन्नुभयो । त्यसपछि जानेबेला मा कार्यक्रम सकेर बिदाई गर्ने बेलामा सबै कलाकारहरु लाइन बस्ने  भनेर भनिएको थियो । सरकार हाम्रो कार्यक्रम सकिने बित्तिकै हिड्न लाग्नुभएको थियो हामी सबै हत्त न पत्त गएर लाइन बस्यौं । उहाँलाई अचम्म लागेछ । एकछिन अगाडि मात्र भेट भएको कलाकार फेरी भनेर । त्यसपछि उहाँले अरे तपाईहरु अघि भर्खर भित्र हुनुहुन्थ्यो कसरी अचानक यहाँ भनेर सोध्नुभयो। हामी हजुरलाई बिदाई गर्न आएको सरकार भन्यौं । उहाँँले राम्रो छ तपाईको अभिनय भनेर हिड्नुभयो । 

 

तपाईलाई गाईजात्रामा आफुले गरेको प्रहसन मध्य सबैभन्दा मन परेको प्रहसन कुन थियो ?
त्यतिबेला मैले र दमनले धेरै राम्रा राम्रा प्रहसनहरु गर्‍यौं । तर त्यतिबेला यस्तो अहिले भएको जस्तो सामाजिक सञ्जालहरु थिएन । खासै प्रचारप्रसार पनि थिएन । र पनि हामीले दर्शकहरुले जुनियर मह जोडी भनेर नाम दिनुभएको थियो । यसमा खुशी लाग्थ्यो । हामीले वान वे, सिल्पिङ ट्याब्लेट लगाएत धेरै प्रहसनहरु गर्‍यौं । यही नै मन पर्ने भनेर तोक्न चाहिँ अलि गाह्रो नै छ । 

 

गाईजात्राका कार्यक्रमहरु गरेर पैसा पनि त टन्नै कमाइयो होला ?
पैसा त्यस्तो टन्नै छैन । पैसाको कुरामा हामीले अघिपछि जुन शो हरु गर्‍यौं त्यो शो अन्र्तगत हामीले ५ प्रतिशत पनि गाईजात्राबाट कमाउँदैनौं । त्यस्तो धेरै आम्दानी हुँदैन किनभने धेरै कलाकार हुन्छौं र सबैले बाडेर लिनुपर्दा र फेरी सिनियरलाई सिनियर कै हिसाबले हेर्नुपर्ने हुँदा पैसा कम नै हो । यसमा पैसा भन्दा हजार गुणा बढि ख्याती र हजार गुणा बढि दर्शकहरुको माया पाउने ठाउँ हो । यसलाई पैसामा तुलना गर्न मिल्दैन । मैले गाईजात्राको २२ शो सम्म कार्यक्रम गर्दा साढे दुईलाख भन्दा पाएको छैन । तर त्यो मेरो लागि साढे दुई करोड नै हो ।  

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार