• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
देश/प्रदेश

कांग्रेस नेता शाहीलाई कोरोना पुष्टि

काठमाडौं । कर्णाली प्रदेशसभामा विपक्षी दल नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

 

पीसीआर परीक्षणमा शाहीलाई संक्रमण देखिएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य शाखाका प्रमुख डा.लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

 

उनको सम्पर्कमा आएका प्रदेशसभा सदस्यहरु, पत्रकारहरु तथा परिवारका सदस्यको खोजी गरी स्वाब संकलनको तयारी भएको डा। तिवारीको भनाई छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार