मुक्तक : जिन्दगी
चढाएँ शिखरमा तिमीलाई खसेँ म छेउ सर्दा
टुटे कति नाता, सम्बन्ध तिम्रो भरमा पर्दा
आँसुको सागर बने नयन, छैन अझै ओभानो
दोष थिएन तिम्रो न मेरै थियो ,जे भयो भाग्यले गर्दा ।
पत्थरलाई देवता सम्झी पुज्ने गर्दछु बारम्बार
मौन रही पिईदिएँ अहङ्कार र तिरस्कार
मिलोस् बरदान सहनशील र धैर्य रहन सकूँ
हुनेछ त्यही नै मेरो निमित्त बहुमुल्य उपहार ।
कमाएँ जे गरेँ जिन्दगीमा लगानी
हौसला बिना, बित्यो उसै जवानी
रहेछ जीवन कस्तो बिचित्रको
भोगाई एक देखिन्छ छुट्टै कहानी ।
प्रतिकृया दिनुहोस