• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
मनोरञ्जन

बलिउडका 'एनकाउन्टर' मा आधारित फिल्म र बिकास दुबेको हत्या 

नारायण न्यौपाने, काठमाडौं । १९९० देखि ६० वटा अपराधिक घटनाका केशमा सलंग्न  भएका उत्तर प्रदेशको एक मोस्ट वान्टेड अपराधी बिकास दुबेको कथा बलिउडको फिल्म जस्तै छ । 

 

अपराध पृष्टभूमिबाट राजनीतितीर प्रवेश गरेका दुबेले २००१ मा  राज्य सरकारको मन्त्रीको हत्या गरेको आरोप लागेको थियो । कयौंपटक जेल परे पनि राजनीतिक शक्तिको प्रयोग गरि उनी छुट्टने गर्थे । १९९९ मा रिलिज भएको सन्नी देवल अभिनित फिल्म 'अर्जुन पण्डित'  पछि उनले आफुलाई बिकास पण्डित वा पण्डित भन्ने गर्थे । तर यो हप्ता पुलिसको किठन संघर्षपछि उनको ३० बर्षको अपराधिक क्रियाकलाप सधैको लागि सकिएको छ ।


जुलाई १ मा उत्तर प्रदेशका यीनै मोस्ट वान्टेड अपराधी विकास दुबे तथा उनका साथीहरुले रातको अध्यारोमा मौका कुरेर बसेका हुन्छन् । उनीहरुलाई समात्न आएका ८ जना पुलिसलाई उनीहरुले  झुक्काएर मारिदिन्छन । यसरी उत्तर प्रदेशका यी गैंगस्टर विकास दुबे आठ पुलिसको हत्याको आरोपी बनेका थिए । यसपछि उनको खोजी पनि अत्याधिक मात्रामा हुन थालेको थियो ।

 

त्यसको भोलिपल्ट वा भनौं केहि घन्टामा नै कानपुरको एक गाउँमा पुलिसले बिकास दुबेको काका प्रेम प्रकास पाण्डे र अतुल दुबेलाई एक जंगलमा एनकाउन्टरमा मार्छन ।  यस क्रममा पुलिसको एक अधिकारी घाइते हुन्छन । ४ जुलाईको दिन प्रतिशोधको भावनामा डुबेको प्रहरी अधिकारीको समुहले विकास दुबेको घर ध्वस्त गरिदिन्छन । उनीहरुले त्यहि सामाग्री प्रयोग गरे जुन दुबेले पुलिसको बाटो रोक्न प्रयोग गरेका थिए । त्यही दिन यूपी पुलिसले दुबेलार्इ समात्न २५ भन्दा बढी टिम गठन गरेको थियो । त्यस्तै उसलाई समातेर पुलिसको जिम्मा लगाउने मान्छेलाई २.५ लाख पुरस्कारको घोषणा पनि गरेको थियो । यस्तै यूपी पुलिसले पुरै प्रदेशको सीमा पनि सील गरेको थियो । 

 

ड्यूटीमा ढिलाई गरेको कारण आठ पुलिसको शहादतको भएको भनी  ६ जुलाईको दिन सब(इंस्पेक्टर र एक कस्टेवल सहित तीन पुलिस निलम्वित भए । ७ जुलाईको दिन गैंगस्टर विकास दुबे फरीदाबाद शहरमा देखा परे तर उनी हरियाणाको पुलिसलाई झुक्काएर भाग्न सफल भए । उत्तर प्रदेश पुलिसले उनलाई समात्न लगभग १०० टीम गठन गर्यो । 

 

८ जुलाई मा उत्तर प्रदेश पुलिसले इंस्पेक्टर विनय तिवारीलाई गैंगस्टर विकास दुबेलाई सहयोग गरेको आरोपमा निलम्वित गरेको थियो । भागी रहेका गैंगस्टर विकास दुबेलाई समात्नेलाई ५ लाखदिने पनि घोषणा गरियो । सोहि दिन पुलिसले फरीदाबादको एक होटलमा छापा मारेको केहि घण्टा अघि  विकास दुबे देखिए पनि उ पुलिस पुग्नु पहिले नै  एक अटोमा बसेर भागेको जानकारी खुलासा भएको थियो । 

 

यस्तै  स्पेशल टास्क फोर्स (एसटीएफ) ले विकास दुबेको अंगरक्षक अमर दुबे एक मुठभेडको क्रममा मारिदिन्छन् । त्यस्तै विकास दुबेको  एक नजिकको मान्छे प्रभात मिश्रलाइ पनि उत्तर प्रदेश पुलिसले कानपुरमा  मुठभेड़ को क्रममा मारी दिन्छ । प्रभातलाई हरियाणा पुलिसले पक्राउ गरेर उत्तर प्रदेशलाई जिम्मा लगाएको थियो । पुलिसका अनुसार त्यहाँबाट भाग्ने कोशिस गर्दा एनकाउन्टरमा मारिएको थिए । 

 

९ जुलाई बिहान विकास दुबेको अर्का सहयोगी रणबीर अर्थात बब्बन शुक्लालाई पनि एनकाउन्टरमा मारिन्छन् । उसको नाममा पनि ५०,००० को इनाम  राखिएको थियो । यस्तै गैंगस्टर विकास दुबेलाई मध्य प्रदेशको उज्जैनमा अवस्थित महाकाल मन्दिर परिसरबाट पक्राउ गरिएको थियो । दुबेले आफ्नो योजना अनुसार नै मन्दिरमा आत्मासमर्पण गरेको बताइन्छ । उज्जैन पुलिसले विकास दुबेलाई आधिकारिक गिरफ्तारी नगरी सिधै यूपी एसटीएफ टीमलाई बुझाएको थियो । एसटीएफ टीम विकास दुबेलाई कानपुर लिएर फर्किएको थियो । 

 

१० जुलाई  एसटीएफ एक राजमार्ग हुँदै दुबेलाई कानपुर प्रवेश गर्छ । केहि समय अघि दुबे चढेको गाडी फेरिन्छ ।  बिहान ६ः३० बजे कानपुर नगरको  सीमामा गोली चलेको आवाज आउँछ । केहि समयमा नै विकास दुबे सडकमा नै रगतमा लतपत भेटिन्छन । कानपुरको अस्पतालमा डाक्टरले उसलाई मृत घोषणा गर्छ । यसरी ८-९ दिन पुलिसलाई झुक्काएर बसेको एक अपराधिको गैर कानुनी रुपमा जिन्दगीको खाता बन्द हुन्छ । पुलिसका अनुसार पुलिसको गाडी पल्ट्यो र यस क्रममा बिकास भाग्न लाग्दा पुलिसको एनकाउन्टरमा उनी मारिएका हुन ।

 

यसरी उत्तर प्रदेशको मोस्ट वान्टेड अपराधी विकास दुबेको कहानी फिल्मी शैलीबाट सकिएको छ ।  तर फिल्मी शैलीमा भएको यस घटना नौलो भने होइन । पुलिसले यसरी नै पटक पटक मानब अधिकारको हनन गरेको पाइन्छ ।  त्यसलाई पुलिसले आफ्नो सुरक्षाको निम्ति गरेको भनी पुष्टि  गर्ने गरेको छ । बलिउडमा यस्ता गैंगस्टरलाई समाप्त गर्न प्रयोग गर्ने इन्काउन्टरको बिषयबस्तुलाई लिएर धेरै फिल्महरु निर्माण भएका छन् । कुनै फिल्म सफल भएका छन् त कुनै असफल ।  पुलिसलाई हिरो बनाएर बनाइएको फिल्म भने धेरैजसो सफल नै देखिन्छन् ।  

 

अन्तिम संस्कार पछि श्रीमतीको आक्रोश 
कानपुरमा नै विकास दुबेको पोस्टमॉर्टम भएपछि उनको शवको अंतिम संस्कार भएको थियो । यस अवसरमा घाटमा उनको श्रीमती श्रृचा दुबे, छोरा र ज्वाई दिनेश तिवारी उपस्थित थिए ।

 

घाटमा बिकासको श्रीमती श्रृचा संचारकर्मीहरुको प्रश्नमा आक्रोशित देखिन्थिन । त्यहाँ श्रृचाले आपत्तिजनक भाषाको प्रयोग पनि गरिन भन्ने सुनिन्थ्यो । उनले भनेकी थिइन कि, 'भाग तिमीहरु । जसले जस्तो व्यवाहार गरेको छ त्यसलाई त्यस्तै व्यवाहार गर्नेछु । उनीहरुलाई पाठ पढाउने छु । आवश्यक परेको खण्डमा म बन्दुक पनि उठाउने सक्छु ।' उनको श्रीमती श्रृचा पनि राजनीतिमा सक्रिय छिन् । स्थानीय तहको राजनीति गर्ने श्रृचाले स्थानीय चुनाव जितेर जनताको प्रतिनिधिको रुपमा काम गर्दै आएकी छन। 

 

एनकाउन्टरमा बनेका फिल्म 
रोहित शेट्टीको  फिल्म 'सिंघम',  'सिंघम रिटर्न्स' र  'सिम्बा' जस्ता व्यवसायिक फिल्मले पुलिसले गर्ने  एनकाउन्टरलाई सकारात्मक शैलीमा देखाएको छ । सिंघमको भूमिकामा देखिएका अजय देवगन एउटा इमान्दार प्रहरीको भूमिकामा देखिन्छन । तर गैर-कानुनीरुपमा काम गर्ने भ्रष्ट नेता जयकान्त शिकरेलाई उनले कानुनी रुपमा सजाय दिन सक्दैनन् । आफ्नो प्रहरी साथीहरुको हत्या र अन्य अपराधको लागि उनले उनको फेक एनकाउन्टर गर्छन । फिल्मको अन्तिममा प्रहरीको एक टोली जयकांतको घर पुग्छन ।  सिंघमले छलकपट गरि जयकान्तले आफुलाई गोली प्रहार गर्न खोजेको जस्तो अबस्था सिर्जना गरि उसलाई मारिदिन्छ । यस फिल्मले देखाएको छ कि पुलिसले आफ्नो साथीहरुको हत्याको बदला लिन अपराधीलाई अदालत वा जेल चलान गर्नुको साटो सिधै  एनकाउन्टर गर्न सक्छ । 

 

रोहित कै अर्को  फिल्म 'सिम्बा' मा रणबिर सिंह शिर्ष भूमिकामा देखिएका छन् । बलत्कार गरेर  उम्किने अपराधिहरुलाई सिम्बा नामको पुलिसले एक योजना बनाई उनीहरुको एनकाउन्टर गरिदिन्छ। फिल्ममा पुलिसको कार्यलयमा पुलिसहरुले अपराधीलाई जबर्जस्ती बन्दुक दिन्छन र आफ्नो आत्मासुरक्षाको निम्ति पुलिसले उनीहरुलाई गोली हानी मारिदिन्छन ।

 

'अब तक छप्पन' मा नाना पाटेकर र  'एनकाउन्टर – द किलिंग' मा नसिरुद्दीन शाहले इन्काउन्टर स्पेसलिष्टको रुपमा काम गरेका थिए । मल्टीस्टार फिल्म 'सुटआउट एट लोखंडवाला' मा संजय दत्तले  पुलिसको समुह बनाई अपराधीको समुहलाई मार्ने काम गर्छन । यो एनकाउन्टरको बिरोध हुन्छ । उनलाई सोधपुछ गरिन्छ र अमिताभ बच्चनको समुहले अदालतमा सहयोग गरि संजयको कारवाहीलाई कानुनी रुप दिने काम गर्छन । त्यस्तै 'सुटआउट एट वडला' पनि सत्य इन्काउन्टमा आधारित फिल्म हो । यसमा अनिल कपुरले अपराधी बनेका जोन अब्राहमलाई पक्राउ गर्नुको साटो  एनकाउन्टरमा मारिदिन्छन् ।


बलिउडमा बिभिन्न एनकाउन्टरमा आधारित फिल्म बनेका छन । यसै क्रममा बिकास दुबेको नाम वा बिषयमा फिल्म बनेछ भने खासै ठुलो कुरा हुनेछैन। बिकासको यस घटनासँगै एउटा प्रश्न उठेको छ - फिल्मी शैलीमा एनकाउन्टर हुन्छ कि साच्चैको एनकाउन्टरमा आधारित भएर फिल्म बन्ने गर्छ । एजेन्सीको सहयोग

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार