• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
डबली

भानुजयन्तीमा राष्ट्रव्यापी बालकविता प्रतियोगिता आयोजना हुने

पोखरा । पोखरा सेकेन्डरी स्कुल, पोखराले  आदिकवि भानुभक्त आचार्यको २०७ औँ जन्मजयन्तीका अवसरमा राष्ट्रव्यापी बालकविता प्रतियोगिताको आयोजना गर्ने भएको छ । प्रतियोगितामा शैक्षिक सत्र २०७६ मा  एसईई सकेका विद्यार्थी सहभागी हुन पाउनेछन् । पोखरा सेकेन्डरी स्कुलले सम्बन्धित सम्पूर्ण विद्यार्थीहरुलाई सहभागी हुन अपिल गरेको छ।
 

आयोजक पोखरा सेकेन्डरी स्कुलका अनुसार कविता नेपाली भाषामा लेखिएको हुनुपर्नेछ भने कविताको शीर्षक र विषयवस्तु प्रतियोगी स्वयंले छनोट गर्न सक्नेछन् । कविता (विद्यार्थीहरु) प्रतियोगी स्वंयले लेखेको हुनुपर्नेछ ।

 

कविता कुनैपनि जाती, धर्म, संस्कृति, भेषभूषा तथा रास्ट्रियता माथी आक्षेप नलाग्ने खालको हुनुपर्नेछ । प्रतियोगीले रचना गरेको कविताको पाठ र वाचन गरेको भिडियो पठाउनु पर्नेछ । वाचन गरेको भिडियो बढीमा चार मिनेटसम्मको हुनुपर्नेछ । कविता मिति २०७७ असार २५ गते भित्र पठाइसक्नु पर्नेछ ।

 

पोखरा सेकेन्डरी स्कुलका कार्यक्रम संयोजक शिब त्रिपाठी, 'लकडाउनको समयमा सबैभन्दा सक्रिय र क्रियाशील साहित्य क्षेत्र रह्यो। सिर्जनशील विद्यार्थीहरुलाई पनि कविता लेखनमा संलग्न गराउन सकियो भने उनीहरुको प्रतिभाले अझ विकसित हुने अवसर पाउँछ । एसईई २०७६ नहुने भएपछि यी  विद्यार्थीहरु एक किसिमको फूर्सदको अवस्थामा छन्।' 

 

विद्यार्थीहरुलाई कुनै न कुनै सिर्जनात्मक क्रियाकलापमा आफ्नो क्षमता प्रदर्शन गराउने प्रयास स्वरुप यो प्रतियोगिताको आयोजना गरिएको हो । असार २९ गते भानुजयन्ती भएकोले कविता प्रतियोगिता गर्न लागिएको हो । यस्ता अन्य खालका गतिविधि पनि गर्ने बारेमा विद्यालयले सोच बनाएकै छ । 

 

पोखरा सेकेन्डरी स्कुलका बिधालय ब्यबस्थापन अध्यक्ष कमल राज सापकोटा भन्छन, 'निर्णायक मण्डलले दिएको अङ्कका आधारमा उत्कृष्ट ५ वटा कवितालाई पुरस्कार प्रदान गरिनेछ । 

 

सहभागी सम्पूर्ण प्रतियोगीहरुलाई प्रमाणपत्र प्रदान गरिने छ । सहभागी हुन कुनै किसिमको दर्ता शुल्क लाग्ने छैन । असार २९ गते (भानु जयन्ती) का दिन नतिजा प्रकाशन गरिनेछ। जन्मजयन्तीका अवसरमा राष्ट्रव्यापी बालकविता प्रतियोगिता कविता निम्न ठेगाना वा भाइवर मार्फत पठाउन सकिन्छ । pass.principal1@gmail.com

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार