• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
मनोरञ्जन

'फादर्स डे' मा छोरीले गरिन आमिर खानको नयाँ लुक्सको खुलासा

काठमाडौं । 'फादर्स डे' को मौकामा आमिर खानको नयाँ लुक्सको फोटो एकाएक सामाजिक सञ्जालमा चर्चित भएको छ । वास्तवमा आमिर खानको छोरी इराले सो फोटो बाहिर ल्याएकी हुन । आफनो बुवालाई 'फादर्स  डे' मा शुभकामना दिन उनले बुवा सँगैको फोटो राखेकी हुन । तर आमिरको नयाँ लुक्समा अहिले धेरैको आँखा परेको छ र उनको यो लुक्सले सबैलाई चकित तुल्याइदिएको छ । 

 

लकडाउनको समयमा बलिउडका धेरै कलाकारहरु आफ्नो लुक्स माथि धेरै नै प्रयोग गरिरहेका छन । कोहि दाह्रीजुंगा पाल्ने, कपाल पाल्ने वा काट्ने जस्ता कार्य गरिरहेका छन । हरेकले आफनो नयाँ लुक्सको फोटो सामाजिक सञ्जालमा राखी रहेका छन् । यसले उनीहरुहरुलाई आफ्ना फ्यान सँग नजिकाएको पनि छ ।  तर कोहि कलाकारले भने यो बिचमा आफुलाई बुढो देखाउने कार्य  गरेका छन । 

 

केहि समयअघि मात्र निर्देशक करण जौहरले आफनो सेतै फुलेको बुढो मान्छेको फोटो सामाजिक सञ्जालमा राखेका थिए । उनले उक्त फोटो पोष्ट गर्दै  'बुवाको भूमिका गर्न सक्ने भएँ' भनेर लेखेका थिए । 

 

अहिले  बलिउडका मिस्टर परफेक्टस्निष्ट आमिर खान पनि यस्तै नयाँ लुक्समा देखिएका छन । यसमा उनको कपाल पुरै सेतो र छोटो देखिन्छ । केहि समय अघि मात्र लामो कालो कपाल र दाह्रीमा देखिएका उनी, अहिले यो रुपमा देखिदा सबै दंग परेका छन । अहिले उनको यो लुक्सलाई सामाजिक संजालमा खुब रुचाइएको छ । आमिरका फ्यानले उनको यो नयाँ रुप माथि बिभिन्न रमाइलो प्रतिक्रिया पनि गरिरहेका छन् ।

 

आफै त्यति सक्रिय नभए पनि आमिर खानको छोरी भने सामाजिक सञ्जालमा धेरै नै सक्रिय छिन । उनी प्राय सामजिक सञ्जालमा केहि न केहि  राखी रहेकी हुन्छिन । अहिले आमिर खान फिल्म 'लाल सिंह चड्ढा' मा काम गर्दै छन जुन १९९४ मा रिलिज भएको अंग्रेजी फिल्म 'फरेस्ट गंप' को रिमेक हो ।  एजेन्सी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार