• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
देश/प्रदेश

वडा अध्यक्षको नेतृत्वमा प्रहरी चौकी आक्रमण

रुकुम । रुकुम पश्चिममा एक वडा अध्यक्षको नेतृत्वमा प्रहरी चौकीमा आक्रमण भएको छ ।

 

मंगलबार साँझ रुकुमको मुसिकोट नगरपालिका-१४ स्थित छिवाङ ज्युउलामा रहेको अस्थायी प्रहरी चौकी वडाअध्यक्ष दिपक केसीको नेतृत्वमा आक्रमण भएको हो ।

 

मादक पदार्थ सेवन गरेका वडाअध्यक्ष केसीले २५ जनाको युवा समूह लिएर साँझ चौकी आक्रमण गरेको प्रहरीले जनाएको छ ।

 

आक्रमणपछि उनीहरु फरार भएका छन् । केसी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट निर्वाचित वडाअध्यक्ष हुन्। फरार रहेका उनीहरुको खोजीकार्य भइरहेको डीएसपी तिम्सिनाले जानकारी दिए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार