• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
डबली

मागने-२

कोरोना आयो राम्रै भो, बहाना थप मागने 
नलिने जिन्सि दिए सित्तै नगदै मात्र मागने
किन्नलाई लाउने ठेक्का अनि कमिसन मागने 
पिपिई टेस्टकिट किन्दा नक्कली बिल मागने

 

हामी भ्याक्सिन किन बनाउने ? नबनाउने मागने 
अरुले गरुन उतपादन, अनि गई हामी मागने 
अरुको भ्याक्सिन किन्नको लागि अरुकै ऋण मागने 
नदिने कसको आँट ? तथ्याङ्क तेर्स्याई मागने  

 

विश्वको अग्लो शिखर हाम्रो हामी विश्वको मागने 
चन्द्र सूर्य रहेसम्म झण्डा हल्लाई मागने  
सभ्यता यहिँ जन्मेथ्यो, हुर्कियो भयो मागने 
भृकुटी तारा उदाएथिन अस्ताइन अब मागने 


काङ्गडा टिस्टा पुगेका थियौँ  फर्कियौँ अब मागने 
आफ्नो देशको पूरा नक्शा अर्को देशसँग मागने 
जङ्गॆ पिलर गाडे राणाले हामी त्यो ढाल्ने मागने
सिमाना मिच्ने सँगै फेरी सिमाना तोक्न मागने 


कृषि प्रधान देश यो मेरो मल र बीउ मागने 
माँगेको मल बीउ माथि कमिसन थप मागने 
हरियो बन नेपालको धन काट्ने रोप्न मागने 
जलश्रोतका धनी हामी नदि बेचेर मागने 


उद्योग फैलाउने देशमा दर्तामै घूस मागने 
टिप्पणी तोक आदेशको पसल खोलेर माग्ने 
स्वदेशको धन बिदेशमा छन् विदेशको धन मागने
बिदेशी यहाँ मालामाल स्वदेसमै हामी मागने 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार