• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
देश/प्रदेश

गैडाकोट नगरपालिकाद्वारा फर्कन इच्छुक विदेशमा रहेकाको नाम टिपाउन आग्रह

गैडाकोट । गैडाकोट नगरपालिकाले नगरभित्रबाट अध्ययन तथा रोजगारीका लागि अहिले विदेशमा रहेका तर फर्कन चाहानेहरुले तत्काल नाम टिपाउन आग्रह गरेको छ ।

 

विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसका कारण धेरै मूलुकमा नेपालीहरु  अलपत्र परेका छन । फर्कने चाहाने व्यक्तिहरुले सम्वन्धित टोल विकास संस्था मार्फत आफ्नो पुरा विवरण टिपाउन नगरपालिकाले अनुरोध गर्दै सूचना जारी गरेको छ।

 

प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्यद्धारा हस्ताक्षर गरी जारी गरिएको सूचनाबाट नगरभित्रका सवै टोलविकास संस्थाहरुलाई आफ्नो टोलमा रहेका प्रत्येक घर घरमा गएर तत्काल विदेशबाट फर्कने चाहानेले सम्वन्धित वडा कार्यालयमा नाम वुझाउन भनिएको छ ।

 

तथ्याङ्कका आधारमा नगरपालिकाले कति क्वारेनटाइन निर्माण गर्नुपर्ने हो त्यसवारे निर्णय लिने प्रमुख प्रशासकीय अधिकृत आचार्यले बताए ।

 

विदेशबाट आउनेहरुलाई  क्वारेनटाइनम राख्ने र त्यसरी क्वारेनटाइनमा रहनेलाई आवश्यक स्वास्थ्य उपचार ,खानपिन लगायतको खर्च नगरपालिकाले व्यहोर्ने उल्लेख गरेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार