• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
प्रवास

प्रवक्ता शर्मा तथा नेपाली जनसम्पर्क समिती बिच संवाद,अलपत्र नागरिकलाई तत्काल स्वदेश ल्याउन माग

काठमाडौं । बिदेशमा अलपत्र परेका  नेपालीको तत्काल उद्दार गर्न कसरी अघि बढ्ने भनेर नेपाली कांग्रेसका प्रवक्ता बिश्वप्रकाश शर्मा तथा नेपाली जनसम्पर्क समिती बिभागिय प्रमुख बिच डिजिटल संवाद भएको छ ।

 

प्रवक्ता शर्माले आफ्नो देश फर्कन चाहने नेपालीहरुको तथ्याकं संकलन गरी पार्टीमा बुझाउने र पार्टीले सरकार लाई दबाब दिई आफ्ना नागरिकलाई स्वदेश फर्काउन पहल गर्ने बताएका छन ।

 

विदेशमा अफ्ठ्यारोमा परेका नेपालीले आफ्नो देशमा आउन खोज्नु र राज्यको संरक्षण पाउन खोज्नु स्वभाविक मात्र होइन उनीहरुको अधिकार र नेपाल सरकारको दायीत्व पनि भएको डिजिटल संवादमा सभहभागीहरुले  बताएका छन ।

 

 नेपाली जनसम्पर्क समिती बिभागिय प्रमुख गोबिन्द भट्टराईले बिश्वभर रहेका जनसम्पर्क समितीका सभापतीहरु संग आज परामर्श गरेका छन ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार