• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
देश/प्रदेश

गैडाकोट नगरपालिकाद्धारा ४ हजार १ सय ६१ घरपरिवारलाई राहत सामाग्री हस्तान्तरण

गैडाकोट । लकडाउनबाट प्रभावित कमजोर आर्थिक अवस्था भएका नगरवासीहरुलाई राहत वितरण कार्य प्रभावकारी बनाइएको  गैडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलले जानकारी दिएका छन ।

 

चीनको उहान शहरबाट शुरु भएको कोरोनाको सङ्क्रमणको प्रभाव नेपालमा पनि परेको बताउदै  पौडेलले  वडाअध्यक्षहरुलाई राहत सामाग्री आज हस्तान्तरण गरेको जानकारी दिए ।
 

कोरोनाको सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले गत चैत्र ११ गते विहान ६ बजेदेखि लकडाउन गरेको हो । लकडाउनबाट दैनिक श्रम गरेर गुजारा गर्नेहरु समस्यमा परेपछि नगरपालिकाले राहत वितरण गरेको नगरप्रमुख पौडेलले जानकारी दिए। 


नगरपालिकामा १८ वटा वडा रहेका छन् भने ती वडाका कुल ४ हजार १ सय ६१ घरपरिवारलाई प्रति परिवार १० किलो चामल, १ किलो दाल, १ पोका नुन, १ पोका तेल र एउटा सावुनको प्याकेज वितरण गर्ने गरी वडाअध्यक्षहरुलाई नगरपालिकाले राहत हस्तान्तरण गरेको हो । 

 

कोरोना सङ्क्रमणका कारण युरोपमा मात्रै ४० हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । लाखौँ मानिस प्रभावित भएका छन् । यसको महामारीबाट विश्वमै सबैभन्दा बढी मानवीय क्षति युरोपमा भएको छ । नेपालमा पनि ९ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । 

 

विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार विश्वभरका २०८ मुलुकमा कोरोना भाइरसको सङ्क्रमण फैलिएको छ । हालसम्म विश्वभर १२ लाख एक हजार ९६४ सङ्क्रमित भएको र ६४ हजार ७२७ को ज्यान गएको वल्र्डोमिटरर्सको तथ्याङ्कले देखाएको छ । तीमध्ये दुई लाख ४६ हजार ६३८ उपचारपछि घर फर्केका छन् ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार