• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
मनोरञ्जन

सलमान खानलाई बचाउने को थिए ?

मुम्बई । सलमान खानको व्यक्तिगत जीवन, रिसालु स्वभाव, प्रेम र ब्रेकअपका गसिप, अदालतमा अल्झिएको बिभिन्न मुद्धा आदी उनका फिल्मभन्दा बढी हावी भइरहेका थिए । यो क्रममा उनले एक्लै फिल्म बोकेर निर्मातालाई अत्यधिक नाफा दिने अवस्था पनि थिएन ।  

 

करिब २०/ २५ बर्षको क्यारियरमा उनीसँग खासै सम्झनलायकका एक दर्जन फिल्म पनि थिएनन्। उनको फिल्मग्राफ हेर्ने हो भने अझ सन् २००७ तीर आउँदा त उनी लगभग डुब्ने अवस्थामा पुगिसकेका थिए । 

 

सन् २००३ मा रिलिज भएको 'तेरे नाम' पछि लगातार २००९ सम्म कुनै पनि फिल्मले राम्रो व्यपार गर्न सकेको थिएन । यसैबेला एकजना नव निर्देशक आएर सलमान खानको डुब्दै गरेको क्यारियर जोगाएका थिए । 

 

सलमान खानको क्यारियर जोगाउने व्यक्ति हुन प्रभु देवा जसले बलिउडमा  नृत्य निर्देशक हुँदै फिल्म निर्देशकको रुपमा आफुलाई प्रमाणित तल्याए । आज उनै सफल निर्देशक प्रभु देवाको जन्मदिन हो । उनले सलमान खान मात्र होइन अक्षय कुमार र साहिद कपुरको क्यारियर बनाउन पनि महत्वपूर्ण काम गरेका छन ।


 
२५ बर्षको आफ्नो क्यरियरमा उनले हिन्दी, तामिल र तेलेगु फिल्ममा काम गरेका छन । दुईपटक राष्ट्रिय पुरस्कार प्राप्त गरेका प्रभुलार्इ कला क्षेत्रमा महत्वपूर्ण योगदान दिए बापत २०१९ मा पद्मश्री पुरस्कार दिइएको थियो । 

 

फिल्ममा आफ्नै मेहिनेतले आफ्नो पहिचान बनाएका प्रभुले बिभिन्न समयमा उत्कृष्ट काम गरी सबैलाई मोहित बनाएका छन । माधुरी दीक्षितको लागि 'के सेरा सेरा' गीतलाई कोरियोग्राफी गरेपछि उनी धेरै नै चर्चामा आएका थिए । त्यसपछि ऋतिक रोशनको फिल्म 'लक्ष्य' मा  उनले आफ्नो कोरियोग्राफीबाट सबैलाई प्रभावित बनाएका थिए ।

 

तर सन् २००९ मा उनले पहिलो पटक बलिउडमा फिल्म निर्देशन हात हाले । बोनी कपुरको निर्माणमा उनले वान्टेड बनाए जसले सलमान खानको क्यारियरलाई माथी उठाउने काम गर्यो ।  यो एक्सन फिल्म प्रभु देवाको भन्दा नी सलमान खानको क्यारियरको  टर्निंग प्वाइन्ट बन्यो ।  

 

फिल्मबाट सलमान खानेले पनि यो बुझे कि दर्शकले उनलाई लभर ब्वाय भन्दा पनि एक्सन हिरोको रुपमा रुचाउने रहेछन । त्यसपछि उनी लगातार दबंग, बॉडीगार्ड, रेडी, किक, सुल्तान, एक था टाइगर, जस्ता एक्शनले भरपूर फिल्ममा काम गरे जुन  सबै बक्स अफिसमा सुपर हिट साबित  भए । यो सबै सफलताको फर्मुला दिने र सलमानलाई सुपरस्टार बनाउने कामको सुरुवात प्रभु देवाले गरेका थिए । उनै प्रभु देवा आजबाट ४७ बर्षका भएका छन । 

 

प्रभु देवाले अक्षय कुमारलाई  'राउडी राठोर' र शाहिद कपुरलाई 'आर राजकुमार' जस्तो सफल फिल्म दिएर उनीहरुको क्यारियरलाई पनि सफलतातिर लम्काउन सहयोग गरेका थिए । २०१९ मा सलमान खानको  'दबंग ३' मा निर्देशन गरेका प्रभुले २०२० मा प्रदर्शन हुने सलमान खान अभिनिती 'राधे' को पनि निर्देशन गरिरहेका छन । एजेन्सी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार