• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
मनोरञ्जन

कोरोनासँग लड्न सरकारलाई बलिउड कलाकारको सहयोग

काठमाडौं । अहिले कोरोनाले गर्दा पुरा बिश्व आतंकित बनेको छ । यसले चीन, अमेरिक लण्डन, भारत, नेपाल लगाएतका पुरा संसरलाई नै हल्लाइदिएको छ । कोरोना भाइरसको कारण भारत सरकारले २१ दिने लक डाउन को घोषणा गरी सबैलाई घरमा नै बस्न र अरुसँग  घुलमिल नहुन आदेश जारी गरेको छ । यो सन्देश बलिउड र भारतका अन्य चलचित्र उधोगका कलाकारले पनि आफ्नो सामाजिक संजालबाट प्रवाह गरिरहेका छन । 

 

यो बिचमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले 'पीयम केयर फण्ड' को घोषणा गरि सबैलाई सहयोग गर्न आव्हान गरेका छन । यस कोषले गरिब र दैनिक ज्यालामा काम गर्ने व्यक्तिहरुलाई लकडाउनमा खाने कुरा पुराउने काम गर्नेछ।  मोदीले आफ्नो टवीट् मार्फत यो घोषणा गरेको करिब २० मिनेटमा नै बलिउड नायक अक्षय कुमारले २५ करोड रकम यस कोषमा हस्तान्तरण गर्ने जानकारी दिएका थिए । उनले , 'यो बेला हाम्रा मानिसहरुको जीवन नै सबैभन्दा ठुलो कुरा हो । हामीले यसको लागि सबैले मिलेर सहयोग गर्नुपर्छ  । मैले गरेको बचतबाट २५ करोड 'पीयम केयर फण्ड' लाई दिनेछु।'

 

लकडाउन पछि उच्चवर्ग र मध्यमवर्ग आआफ्नो घरमा समय बिताइरहेका छन् भने गरिब निम्न वर्गीय मानिस सडकमा संघर्ष मै छन् । अर्का कलाकार वरुण धवनले ५५ लाख सहयोग गर्ने बताएका छन् ।  उनले 'पीयम कयेर फण्ड' मा ३० लाख र 'महाराष्ट्र सिएम रिलिफ फण्ड' मा २५ लाख दिने टवीट्र मार्फत बताएका छन् ।  उनी लेख्छन, 'देश छ त हामी छौं। हामी तपाईको साथमा छौं।' 

 

कमेडियन कपिल शर्माले 'पीयम कयेर फण्ड' मा ५० लाख दिने निर्णय गरेका छन् । यस्तै ऋतिक रोशनले २० लाख र साथै मास्क र अन्य सुरक्षा सामाग्री सहयोग गर्ने बताएका छन् । अभिनेत्री हेमा मालिनीले एक करोड र सनी देवलले ५० लाख रकम सहयोग दिने भएका छन। 

 

साउथ कलाकार 
साउथका कलाकार, पवन कल्यानले ''पीयम कयेर फण्ड' मा एक करोड र 'तेलंगना सियम रिलिफ फण्ड' लाइ ५० लाख दिने भएका छन ।  'बाहुबली'  नायक प्रभासले 'पीयम कयेर फण्ड' मा ३ करोड र १ करोड भिन्न भिन्न राज्य सरकारलाई सहयोग गर्ने भएका छन । त्यस्तै राम चरणले ७० लाख सहयोग गर्ने बताएका छन् ।  यस्तै महेश बाबुले १ करोड रकम बिभिन्न साउथका राज्य सरकारलाई दिने भएका छन । अल्लु अर्जुनले सरकारलाई १ करोड ५० लाख सहयोग गर्ने भएका छन । 

 

व्यक्तिगत पहल 
सलमान खानले फेरी पनि सबैको मन जितेका छन । उनले दैनिक ज्याला गर्ने बलिउड कामदारलाई यो अफ्ठ्यारो समयमा आर्थिक सहयोग गरेका छन र बलिउडमा सक्रिय सम्पूर्ण संघ संस्थालाई उनीहरुको हितमा काम गर्न अपिल गरेका छन । सुटिङ नभएको बेला यो लकडाउनमा त्यस्ता कामदारको लागि खाने र अन्य सामाग्रीको अभाव हुने हुँदा सलमान खानले पैसा र खानेकुरा सहयोग गर्ने भएका छन । उनले आफै यो कुरा अन्य कलाकार झैँ सामाजिक सञ्जाल वा समाचारमा घोषणा गरेका छैनन् । तर उनको यो राम्रो कदमबारे सबै अवगत भई सकेका छन । 


साउथका सुपर स्टार रजनीकान्तले पनि दैनिक ज्यालामा काम गर्ने चलचित्रकर्मीहरुका सहयोगको लागि अग्रसर भएका छन । उनीहरुको हित र सुरक्षाको निम्ती उनले ५० लाख सहयोग गर्ने भएका छन् । एजेन्सी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार