• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
अर्थ

प्रतिसिलिन्डर ६८७ रुपैयाँमा अब उपभोक्ताले पाउने छन् आधा भरेको ग्यास

काठमाडौं ।  मागभन्दा बढी आयात गर्दा पनि ग्यासको अभाव देखिएसँगै उपभोक्ताले आधा ग्यास भरिएको सिलिन्डर पाउने भएका छन् ।सबै उपभोक्तालाई आधा सिलिन्डर ग्यास उपलब्ध गराउन लागिएको हो ।

 

नेपाल आयल निगमले आज ७.१ किलो ग्यास भएको सिलिन्डरको नयाँ मूल्य तोकेको छ । निगमका अनुसार तराई क्षेत्रबाहेक काठमाडौं उपत्यकालगायतका अन्य स्थानमा ग्यासको खुद्रा मूल्य प्रतिसिलिन्डर ६८७ रुपैयाँ ५० पैसा तोकिएको छ ।

 

यस्तै तराई क्षेत्रका लागि प्रतिसिलिन्डर ६७७ रुपैयाँ ५० पैसा र दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लाका लागि प्रतिसिलिन्डर रु. ६७० तोकिएको छ ।

 

यसअघि बजारमा १४.२ किलो ग्यास भएको सिलिन्डर बिक्री वितरण हुँदै आएको थियो । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार