• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
मनोरञ्जन

मैदानमा फुटबल कोच बन्दै अजय देवगन 

मुम्बई । बलिउडमा अजय देवगन राम्रो अभिनय गर्ने कलाकारको रुपमा चिनिन्छन् । उनी फिल्मको हरेक बिद्यामा फिट हुन्छन् ।

 

कमेडी, एक्सन, सस्पेन्स लगाएत हरेक अभिनयमा उनी प्रखर छन् । उनी फिल्ममा आफनो अनुहारले भन्दा पनि आखाँले गजबको अनुभुर्ती दिन सक्ने कलाकार हुन । अजय फिल्म निर्माता, वितरक र निर्देशक पनि हुन ।  उनले सय भन्दा बढि फिल्महरुमा अभिनय गरिसकेका छन् । 

 

सन् २०२० को सुरुवात मा प्रदर्शनमा आएको उनको फिल्म तानाजीले दुईसय करोडको व्यापार गर्न सफल भयो । गुमनाम योद्धाको कथामा आधारित यो बायोपिकको सफलता  लगत्तै उनको अर्को बायोपिक फिल्म ‘मैदान’ को  पोस्टर सार्वजनिक भएको छ ।

 

सहिद अब्दुल रहिम भारतका फुटबल कोच थिए जसको नेतृत्वमा भारतले सन १९५१ एण्ड १९६२ मा एसियन गेम जितेको थियो ।. अजय फिल्म ‘मैदान’ मा  उनी कोच रहिमको भुमिाकमा देखिँदैछन् । हालै उनको यस फिल्मको पोस्टर सार्वजनिक भएको छ जसमा कसैको पनि अनुहार देखाइएको छैन ।

 

पोस्टरमा केवल हिलाम्य मैदान, खेलाडीको हिलाम्य खुट्टा र फुटबल देख्न सकिन्छ ।  हाल सुटिंङ भईरहेको यस फिल्मको पोस्टरलाई धेरैले  रुचाएको कुरा सामाजिक संजालमा देख्न सकिन्छ । फिल्म नोभेम्बर २७, २०२० मा प्रदर्शनमा आउने भएको छ भने फिल्मलाई अमित रविन्द्रनाथ शर्माले निर्देशन गर्दैछन् ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार