• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
मनोरञ्जन

मलाइकाको फिटनेस चर्चा

मुम्बई । बलिउड फिल्म नगरीमा मलाइका अरोराले अन्य कलाकारहरु भन्दा आफनो भिन्न पहिचान बनाएकी छिन् ।

 

वर्षा, गर्मी या कामको थुप्रो वा पारिवारिक तनाव उनी नियमित जीम जान भने छाडिनन् । उनले जीममा गरेका केही व्यायामका तस्वीरहरु पनि प्राय चर्चामा नै हुन्छ । उनी आफै आफ्नो गतिविधि, खानपिन, घुमफिरका तस्बिर इन्स्टाग्राममा राख्ने गर्छिन ।

 

४६ बर्षीय मलाइका पुर्व श्रीमान अरवाज खानलाई छाडेपछि नायक अर्जुन कपुरसँग उनको नाम जोडिएको छ । ३४ वर्षी नायक कपुरसँगको उनको प्रेम सम्बन्ध गासिएको छ भन्दा खासै फरक पर्दैन । आफ्नो फिटनेस, व्यायाम, र खानपिनको बारे उनी भन्छिन, ‘तपाईको शरीर मन्दिर हो, त्यसलाई सम्मान दिनुस । जति व्यस्त भएपनि नियमित ब्यायाम गर्ने, सन्तुलित खानेकुरा खाने गर्नुस ।’ उनी सकेसम्म घर मै बनेको खाने कुरा खान्छिन । शरीरलाई राम्रो राख्न प्रस्सत मात्रामा पानी, नरिवलको पानी, जुस, फलफुल खानु पर्ने उनको तर्क छ । 

 

मलाइका बिहान उठ्ने बित्तिकै तातो पानीमा कागती राखी पिउछिन त्यसपछि ३० मिनेट पछि एक लिटर सादा पानी पिउँछिन । धेरै प्रकारको फलफुल, अण्डा र घर मै बनेको खानेकुरा ब्रेकफास्ट स्वरूप खान्छिन । खाना भन्दा अघि एक गिलास सब्जीको जुस, ब्रेड र अण्डाको सेतो भाग खाएपछि दिउँसो लन्चमा उनी ब्राउन राइस वा रोटी, सब्जी, माछा वा कुखुराको मासु खाने गर्छिन । 


दिउँसो उनी बदाम बटरसँग स्याण्डवीच खान्छिन भने साझ जीमपछि केरा र प्रोटिन सेक उनको खानेबानी छ । रातीको खाना एकदम हल्का हुने गर्छ – सुप, उमालेको सब्जी र सलाद.।


उनी हरेक दिन २० मिनेट कार्डियो गर्छिन, यसले उनको बजन कम गर्न र अत्याधिक  बोसो घटाउन सहयोग गर्छ । त्यस्तै हप्ताको तीनदिन आधा देखि एकघण्टा उनी योगा गर्छिन भने नियमित रुपमा पौडिने र नाच्ने उनको सौख हो । 


यसरी मलाइका आफ्नो खानपिन, व्यायाम र आराममा ध्यान दिएर आफ्नो उमेरभन्दा कम देखिएकी छिन भने आफुलाई ‘फिट एण्ड फाइन’ राख्न सफल भएकी छन् ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार