• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
देश/प्रदेश

६ हजार धरौटीमा छुटे मनाङे

काठमाडौं । अखिल नेपाल फुटबल संघ-एन्फा कास्की अध्यक्ष मिलन गुरुङमाथि हातपात गरेको आरोपमा पक्राउ परेका गण्डकी प्रदेश सांसद राजीव गुरूङ (दीपक मनाङे) धरौटीमा छुटेका छन्।

 

कास्की जिल्ला प्रशासन कार्यालयले मनाङेलाई ६ हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो। बिहीबार पक्राउ परेका गुरूङलाई सार्वजनिक अपराध गरेको आरोप लागेको थियो।

 

अखिल नेपाल फुटबल संघ (एन्फा) कास्की अध्यक्ष मिलन गुरुङलाई दुव्र्यवहार गरेको अभियोगमा जिल्ला अदालत कास्कीले मनाङे विरुद्ध बिहीबार पक्राउ पुर्जी जारी गरेको थियो। पक्राउ पुर्जी जारी गरिए लगत्तै प्रहरीले उनलाई पोखराको लेकसाइडबाट पक्राउ गरेको थियो।

 

पोखरामा मंगलबारदेखि सुरु भएको मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको उद्घाटन अघि अध्यक्ष गुरुङलाई मनाङेले झापड हानेका थिए।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार