• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
देश/प्रदेश

झापड हान्ने र खाने दुबै पक्राउ 

काठमाडौं । सांसद दीपक मनाङेको झापड खाएका एन्फा कास्की अध्यक्ष मिलन गुरुङ पनि पक्राउ परेका छन् ।

 

जिल्ला फुटबल संघ कास्कीका अध्यक्ष मिलन गुरुङलाई तीन झापड हानेका मनाङे मिलनको उजुरीको आधारमा बिहीबार पक्राउ परेका थिए ।

 

गुरुङलाई जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले शुक्रबार विभिन्न ठगी र बैंकिङ कसुरको उजुरीको आधारमा अनुसन्धानको लागि नियन्त्रणमा लिएको डिएसपी राजकुमार केसीले बताए ।

 

शुक्रबार दिउँसो  होटेल जोस्टेलका सञ्‍चालक हरिभक्त आचार्यले  मिलन बिरुद्ध ठगी गरेको आरोपमा उजुरी दिएका थिए । सोही उजुरीका आधारमा पक्राउ परेका मिलन र मनाङे अहिले प्रहरी हिरासतमा छन् । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार