• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
देश/प्रदेश

नेपाल एयरलाइन्सका २५ पाइलटले दिए सामूहिक राजीनामा

काठमाडौं । नेपाल वायुसेवा निगममा कार्यरत २५ पाइलटले सामूहिक राजीनामा दिएका छन् । राजीनामा स्वीकृत गर्न उनीहरुले तीन महिनाको समय दिएका छन् । निगमको इतिहासमै पहिलो पटक यति धेरै पाइलटले एकै पटक राजीनामा दिएका हुन् । 

 

उनीहरुले तीन महिनामा नेपाली पाइलटलाई तालिम दिएर सबै विदेशी पाइलट विस्थापन गर्ने वा नेपाली पाइलटले दिएको राजीनामा स्वीकृत गरेर सबैलाई करारमै काम चलाउन विकल्प दिएका छन् ।

 

तीन महिनाभित्र नेपाली र विदेशी पाइलटबीचको विभेद अन्त्य नगरे आफूहरु काममा नआउने भन्दै उनीहरुले राजीनामा दिएका हुन्छ।

 

निगमको प्रमुख कार्यकारीलाई सम्बोधन गर्दै बुझाइएको राजीनामापत्रमा उनीहरुले धेरै उडानमा नेपाल वायुसेवा निगमको पाइलटको स्थायी कर्मचारीका रुपमा काम गरेको उल्लेख गर्दै आफूहरुप्रति व्यवस्थापकीय पक्षले विभेद गरेकोले राजीनामाको सूचना पत्रमार्फत लेखेको बताएका छन्।

 

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार